१४ कार्तिक २०८३, शनिबार

निर्वाचन प्रचार प्रसारमा मात्रै कति खर्च भयो ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । बैंक तथा वित्तिय संस्थाहरूले तरलता अभाव झेलिरहेका बेला दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको अर्थतन्त्र चलायमान बनाएको छ ।

निर्वाचनमा दल तथा उम्मेद्वारले गरेको खर्च तथा सरकारको ठूलो बजेट प्रवाहका कारण अर्थतन्त्र एकै पटक चलायमान देखिएको हो । कारोबार दैनिकले समाचार लेखेको छ ।

निर्वाचन आयोगले पहिलो चरणका लागि मात्रै उम्मेद्वारालाई साढे १२ अर्बको खर्च गर्न छुट दिएको छ ।

निर्वाचनमा प्रतिश्पर्धामा रहेका उम्मेद्वारको संख्या र तिनले खर्च गर्न पाउने रकमको सिलिङका आधारमा प्रचार प्रसार व्यवस्थापनमा १२ अर्ब ३८ करोड ९७ लाख रूपैयाँ खर्च हुने देखिएको हो ।