१४ कार्तिक २०८३, शनिबार

एमालेको प्रचार सामग्री माओवादीले बिगारेपछि…

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । निर्वाचन प्रसार–प्रसारमा सामाजिक सञ्जालमार्फत बदनाम गराएको भन्दै प्रहरीमा उजुरी पर्न थालेको छ ।

महानगरीय अपराध महाशाखामा एमाले र धादिङका माओवादी केन्द्रका एक उम्मेदवारले उजुरी दिएका छन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

एमालेले बनाएको एक प्रचार भिडियोमा अर्को अडियो राखेर बदनाम गर्ने प्रयास भएको भन्दै उजुरी परेको छ ।

त्यस्तै, माओवादी केन्द्रका एक उम्मेदवारलाई फोन नदिन भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध गलत प्रचार गरिएको भन्दै उजुरी परेको छ ।

दुवै घटनाको अनुसन्धान भइरहेको महाशाखाका डिएसपी पशुपति रायले बताए । बिहीबार रातिदेखि मौन अवधि सुरु भए पनि केहीले सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् ।