काठमाडौं, २७ वैशाख । भित्रको झगडा भित्रै मिलाउन छाडेर बिनाबित्थामा राष्ट्रपतिलाई मुछ्दै राप्रपामा अर्को भाँडभैलो छ ।स्थानीय निर्वाचन सफल पार्ने भन्दै सरकारमा गएको राप्रपा दुई हप्ता नबित्दै प्रधानन्यायाधीशमाथि महाअभियोगको विरोधका नाममा सरकारबाट बाहिरिनु पछाडिको अन्तर्कथा भने अर्कै छ ।
दिनमा तीनचोटी कुरा फेरेर १५ गते राप्रपाले रकार छाडेको हो । त्यसदिन बिहान ८ बजे लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर राणा र कमल थापाको हाइकमाण्ड बस्यो । सहमति थियो, सकभर सरकाबाट नहट्ने । हट्नै परे कमल थापा निस्कने र त्यो ठाउँमा सुशील श्रेष्ठलार्य पठाउने १ त्यसपछि केन्द्रीय समितिको बैठकमा दिउँसो छलफल सुरु भयो । हरिबहादुर बस्न्यात बोल्न थाले। बोल्ने क्रम आधाउधी भएपछि एक बजे राष्ट्रपतिकहाँ जानु छ भनेर कमल थापा हिँडे । ५ बजेतिर जुटेर सरकारमा बस्ने कि छाड्नेसम्बन्धमा छलफल चल्दै थिए । अत्मिमा पशुपति समशेर बोलिरहेका थिए ।
तर, बीचैमा रोकेर कमल थापाले ल्यापटप खोली निर्णय नै सुनाइदिए, सरकार छाड्ने भनेर । अघिसम्म छलफलमा सहभागी भएर, त्यसको निश्कर्षका आधारमा अघि बढ्ने मनस्थितिका कमल थापा केही घण्टा हराउनेबित्तिकै त्यस्तो के कुराले प्रभाव पा¥यो, जसबाट सरकार छाड्ने कठोर निर्णय लिनुप¥यो रु विश्लेषण गरियो, पक्कै पनि राष्ट्रपतिसँग कुरा भएपछि भड्किएको हुनुपर्छ भन्दै । चर्चा चल्यो, भारतले कांग्रेस–माओवादी गठबन्धन कायम गर्न खोजेको छ । १ वा २ गते प्रचण्डले राजीनामा दिने छन् । त्यसपछि नयाँ गठबन्धनको बिकल्प खोजी शुरु हुन्छ । यसमा प्रधानमन्त्री बन्ने कमल थापाको महत्वाकांक्षा हुनसक्छ ।
सरकार छाड्नुपर्ने पक्षमा बोल्नेहरु राजीव पराजुली, उद्धव पौडेल, भुवन पाठक, ध्रुवबहादुर प्रधान, नवराज सुवेदी, सुशील श्रेष्ठ थिए । सरकार छाड्नुहुन्न भन्ने पक्षमा लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर राणा, दीपक बोहरा लगायत अधिकांश नेता देखिए । हरिबहादुर बस्न्यातले बीचमा भनेका थिए, ‘महाभियोगमा किन सरकार छाड्ने, त्यसको विरोधमा वक्तव्य मात्र दिऊँ । प्रस्ताव फिर्ता लिन सात दिनको अल्टिमेटम पनि दिऔं ।’
रहेछ के भने, देखाउँदा महाभियोग भए पनि कुरोको चुरो अन्तै छ । कमल थापाले ‘हामीले छाड्दा चुनाव नहुने होइन, हामी बस्दा सरकार टिक्ने पनि होइन’ भने । त्यसपछि एमाले नेताहरु केपी, वामदेव, सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेलहरुसँग चुनावी तालमेल गर्ने सहमतिका लागि दौडिए । जनआस्था साप्ताहिकमा खबर छ ।













प्रतिक्रिया