१ कार्तिक २०८३, आइतबार

गच्छदारको पार्टीबाट दुई नेतृसहित ३ जनाले राज्यमन्त्रीको सपथ लिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीबाट तीन राज्यमन्त्रीले आज सपथ लिने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सपथग्रहण कार्यक्रम साँझ ५ बजे सिंहदरबारमा तय गरिएको छ ।

को को बन्दैछन् राज्यमन्त्री ?

उपप्रधानसहित ३ मन्त्रालय लिएर सोमबार सरकारमा सामेल भएको लोकतान्त्रिक फोरमबाट दुई नेतृसहित ३ जना राज्यमन्त्री बन्दैछन् ।

फोरमको भागमा परेका तीन मन्त्रालय संघीय मामिला तथा स्थानीय विकास, पर्यटन र भुमीसुधार रहेका छन् । यी तीन मन्त्रालयका लागि यशोदा लामा, सुमित्रा थरुनी र सुबोध पोखरेल वा जनकराज चौधरीमध्ये एक जना राज्यमन्त्री बन्दैछन् ।