नेपालगञ्ज, २६ वैशाख । रूकुम चौरजहारी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेद्वारी दिन धेरै लागिपरेका थिए ।
तर, पार्टीले करिब एक महिनाअघि नेपाल बैंक लिमिटेडको जागिरबाट रिटायर्ड भएका बलबीर गोसाईँलाई टिकट दियो । नागरिक दैनिकले समाचार छापेको छ ।
‘आर्थिक रूपमा सशक्त हुनु र पार्टीका जिल्ला सभापतिसँग राम्रो सम्बन्ध भएकाले उहाँले टिकट पाउनुभयो’, कांग्रेस निकट एक कार्यकर्ताले भने, ‘पार्टीमा राजनीतिक लगानी गरेको भन्दा पनि चुनावमा आर्थिक लगानी गर्न सक्ने व्यक्तिलाई टपक्क टिट्दा इमान्दार कार्यकर्ता ओझेलमा पर्ने अवस्था आयो ।’












प्रतिक्रिया