काठमाडौं, २५ वैशाख । ‘डन’ दीपक मनांगे (राजीव गुरुङ)लाई प्रहरीले आइतबार ठमेलबाट पक्राउ गरेको छ । ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर मनांगेलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोलीले आइतबार साँझ पक्राउ गरेको हो ।
राप्रपा मनाङका अध्यक्षसमेत रहेका उनलाई चुनावी सुरक्षालाई ध्यानमा राखेर प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले बताए । राजधानी दैनिकले समाचार छापेको छ ।
चुनावमा कुनै अप्रिय घटना नघटोस् भनेर सुरक्षामा खतरा हुन सक्नेहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्य दुई ‘टोले डनलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मनांगे ६ महिनाअघि मात्र राप्रपामा प्रवेश गरेका थिए । यसअघि पनि उनी धम्की, फिरौती र असुलीको उजुरीमा पक्राउ परेर छुटेका थिए । ठमेल क्षेत्रलाई आधार बनाएर उनले रात्रीकालीन व्यवसाय सञ्चालन गर्दै आएका छन् ।












प्रतिक्रिया