३ कार्तिक २०८३, मंगलबार

“माईस टुरिजम” तालिमका लागि डा.बर्ट भान वालबिक काठमाण्डौमा”

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा)नेपाल च्याप्टरले आगामी जुन १ देखि ४ सम्म आयोजना हुने “हिमालयन ट्राभल मार्ट २०१७” तथा ईन्टरनेश्नल ट्राभल ब्लर्गस एण्ड मिडिया कन्फ्रेन्सको आयोजनाका लागि आवश्यक विविध विद्याहरुमा परिचालन हुने विद्यार्थी युवा जनशक्तिलाई क्षमता अभिबृद्धि गराउने उद्देश्यले सुरु गरेको “क्यापासिटी बिल्डिङ्ग इन माईस टृुरिजम” अभियान अन्र्तगत एसियाली माईस् इन्डष्ट्रिजमा प्रख्यात ब्यक्तित्व एबं विज्ञ थाइल्याण्डका डा. बर्ट भान वालबिकलाई प्रशिक्षकको रुपमा नेपाल आमन्त्रण गरेको छ ।

नेपाल एयरलाइन्स, होटल माया मेनोर र मिड भ्याली ईन्टरनेश्नल कलेजको सहयोगमा पाटा नेपालद्धारा आज देखि राजधानीको ज्ञानेश्वर स्थित मिड भ्याली ईन्टरनेश्नल कलेज मा सुरु भएको २ दिने “माईस टृुरिजम” तालिमा विद्यार्थीहरु, एयरलाइन्स, होटल तथा पर्यटन बोर्डका सहभागि गरी करिव ७० जनाले सहभागिता जनाएका छन् ।

कार्यक्रमको उद्घाटनको क्रममा स्वागत मन्तब्य राख्दै पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले विद्यार्थीहरुको ब्यक्तित्व विकास र हिमालयन ट्राभल मार्टको सफल आयोजनका निम्ति आवस्यक जनशक्ति निर्माण अभियानमा संलग्न सबैप्रति आभार ब्यक्त गर्दै आफ्नो अमुल्य प्रोफेशनल समय प्रदान गरी यस अभियानमा थप उर्जा प्रदान गरेकोमा डा.बर्ट भान वालबिकलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

डा। बर्टले यस २ दिने तालिममा डेलिभरिङ्ग माईस, बेसिक्स अफ माईस, माईस एण्ड द डेस्टिनेशन, द मिटिङ्ग एण्ड कन्फ्रेन्स माउस, द इ्रेन्सेन्टिभ माउस, द एक्जिभिसन माउस, क्रिएटिङ्ग वाव फ्याक्टर, द रोल कल्चर प्लेज इन माईस सर्भिस, ह्याण्डलिङ्ग क्यूरिज एण्ड कम्पलेन तथा डेलिभरिङ्ग ड्रिम जस्ता शीर्षकहरुमा प्रशिक्षण दिने पाटा नेपाल च्याप्टरले जानकारी गराएको छ ।