काठमाडौं । गायिका प्रमिता तामाङको स्वरमा रहेको “लाहुरेकी छोरी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
टीकाभक्त जिरेलको शब्द रहेको गीतमा नारायण लामाको संगीत सुन्न सकिन्छ । गीतमा गायिका प्रमिला आफैले मोडलिङ गरेकी छन् । उनलाई नायक तथा मोडल दिक्पाल कार्कीले साथ दिएका छन् ।
भिडियोमा दिक्पाल–प्रमिलालाई आफ्नो बनाउने दाउमा हुन्छन् । प्रमिलले उनलाई वास्तै गर्दिनन् । क्रान्ति केसीको निर्देशनमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।
युट्युबमा रिलिज गरिएको भएको छोटो समयमा नै “लाहुरेकी छोरी” लाई हेर्नेको संख्या साढे ४ लाख पुगिसकेको छ ।
युट्युबमा “लाहुरेकी छोरी”लाई दर्शक, स्रोताहरूले अत्याधिक मनपराएपछि गायिका प्रमिला चाँडै अर्को गीत पनि बजारमा ल्याउने तयारीमा छिन् ।















प्रतिक्रिया