१४ कार्तिक २०८३, शनिबार

निधि ‘ब्याक’ हुनुको भित्री कारण यस्तो रहेछ, त्यसपछि देउवासँग सम्बन्ध सुधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २२ वैशाख । सभापति शेरबहादुर देउवाले अब आफू प्रधानमन्त्री बनेपछि विमलेन्द्र निधिलाई उपसभापति बनाउने आश्वासन दिएका छन् ।

उपसभापति पाउने र पहिलेको जस्तो वरीयता विवादमा कमल थापासँग अल्झन नपर्ने भएपछि निधिलाई पुनः यही पदमा फर्कन सहज भएको छ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

राप्रपाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

‘आफू प्रधानमन्त्री भएपछि उपसभापति बनाउँछु भनेर सभापतिले वाचा नै गर्नुभएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘सरकारबाट कमल थापा फिर्ता भएपछि वरीयताको किचलो पनि अब भएन, यसले थप सजिलो भएको छ ।’ ३१ वैशाखको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र ३१ जेठको स्थानीय तहको निर्वाचन आफूले गराउने पक्षमा सभापति देउवा छन् ।

सभापतिसँग सम्बन्ध सुधारपछि राजीनामा फिर्ता

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवासँग सम्बन्ध सुधार भएपछि राजीनामा फिर्ता लिएको बताएका छन् ।

जनकपुरमा कांग्रेसको जिल्ला कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको विषयलाई लिएर केही मतभिन्ता उत्पन्न भएको बताए ।

‘स्थानीय तहको निर्वाचनमा पार्टीलाई सहयोग गर्न राजीनमा दिएको थिएँ, तर सभापतिले गृहमन्त्रीको पद तपाईले नै सम्हालेर चुनाव गराउनुस् भनेपछि राजीनमा फिर्ता लिएँ,’ उनले भने । राजीनामा विषयमा सप्तरीदेखि पर्सासम्मका कांग्रेस नेता तथा कार्यकर्ताहरूले आफूलाई सहयोग गरेको उनले बताए ।