२ कार्तिक २०८३, सोमबार

शिव श्रेष्ठको पप गीत ‘गल्ति मेरो…’ बजारमा (भिडियो सहित)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च शिक्षाको लागि विदेश पुगेका नेपाली युवा–युवतीहरुको प्रेम जीवनलाई चित्रण गरिएको गायक शिव श्रेष्ठको स्वरको पप गीत ‘गल्ति मेरो…’ को म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ ।

अस्ट्रेलियामै छायांकन गरिएको भिडियोमा विदेश अध्ययन गर्न जाने युवा–युवतीहरुको प्रेम जीवन कुन गतितर्फ अघि बढिरहेको छ भन्ने कुरालाई दर्शाउन खोजिएको छ । उक्त भिडियोलाई अस्ट्रेलियामै बसोबास गर्ने निर्देशक तथा फोटोग्राफर सुरेन श्रेष्ठले निर्देशन गरेका हुन् । सुरेनद्वारा निर्देशित यो सातौं म्युजिक भिडियो हो ।

लम्जुङमा जन्मिएका गायक शिव श्रेष्ठको ‘गल्ति मेरो…’ गीतको म्युजिक भिडियोमा प्रस्तुत गरिएको कथावस्तुले विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको प्रेम जीवनलाई चित्रण गरेको छ । यही भिडियोमार्फत अजय तामाङले अभिनयमा डेब्यू गरेका छन् । अजयलाई रुबिना श्रेष्ठ तथा दिलिप पौडेलले अभिनयमा साथ दिएका छन् । भिडियोलाई टेक बयलकोटीले छायांकन गरेका हुन् भने सुदिप श्रेष्ठ यसका सम्पादक हुन् ।

विक्रमराज श्रेष्ठको शब्दको यो गीतमा अमिर श्रेष्ठको संगीत निर्देशन छ । ब्रिजेश श्रेष्ठ यो गीतका संगीत संयोजक हुन् ।

भिडियो: