२ कार्तिक २०८३, सोमबार

अञ्जुको गीतमा रजनी थापाको बोल्ड सिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘बहारमा रमाउने प्यास बाँकी छ अझै
तिमी फेरी आउने आश बाँकी छ अझै’

अञ्जु पन्तको स्वरमा रहेको यो गीतको अहिरले अमेरिकाका रमणीय स्थानहरूमा छायाँकन सम्पन्न भएको छ ।

अमेरिकाका बसोबास गर्ने नेपाली मोडेलहरू रेम न्यौपाने र रजनी थापाको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन अमेरिकामै बसोबास गर्ने निर्देशक सुमन दाहालले गरेका छन् । रजनी थापाले म्युजिक भिडियोमा बोल्ड सिन दिएर सबैलाई चकित बनाएकी छिन् ।

गीत लेखनमा धेरै पुरस्कार पाइसकेका चर्चित गीतकार गोबिन्दप्रसाद उपाध्यायका शब्दलाई चर्चित गायिका अञ्जु पन्तले स्वर दिएकी छिन् भने गीतमा संगीत पत्रकार कुसुम भट्टराईले भरेका छन् । उपाध्यायको एल्बम ‘सत्यता–३’मा यो गित समेटीएको छ ।

म्युजिक भिडियोमा अभिनय गर्ने मोडल रेम भुटनीज कम्युनिटी युटा, अमेरीकाका अध्यक्ष हुन भने रजनी पूर्व मिसेज नेपाल र मिसेज हेरिटेज हुन् ।

इश्वर प्रवासीले छायाँकन गरिरहेको म्युजिक भिडियो अब केही दिनमै रिलिज हुने निर्देशक सुमन दाहालले बताए ।

दाहालले नेपाली चलचित्र ‘मन परेपछि’ र ‘नो स्मोकिङ’लगायत विभिन्न म्युजिक भिडियो, डकुमेन्ट्री र भिडियो एडहरुको निर्माण तथा निर्देशन गरीसकेका छन् ।