२ कार्तिक २०८३, सोमबार

लिटिल मिस वर्ल्ड युनिभर्समा नेपाली विशेषता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘लिटिल मिस वल्र्ड युनिभर्स २०१७’मा नेपालको प्रतिनिधित्व विशेषता बुढाथोकीले गर्ने भएकी छन् । टर्कीमा मे ५ देखि १५ सम्म आयोजना हुने प्रतियोगीतामा ३५ राष्ट्रको सहभागी रहने गर्दछ ।

जोन डुवे स्कुल बालुवाटार कक्षा ५मा अध्यायनरत बुढाथोकी पाँचौ ‘जुनियर ब्याटल–२०१७’की विजेता हुन् । प्रतियोगीताका लागि उनी ५ मेमा टर्की उड्ने त्यसतर्फ उड्ने इप्लानेटका सन्तोस सापकोटाले बताए ।

नेपाली कलासंस्कृति झल्कने पहिरन र नृत्य सहित उनी प्रतियोगीतामा सहभागी हुन लागेकी हुन् । बिभिन्न देशको कला संस्कृति, रहन सहन र जन जीवनलाई बालबालिका माझ शेयर गर्दै उच्च जीवन जिउन सिकाउने उदेश्यले बिगत १६ बर्षदेखि यो प्रतियोगीता नियमित आयोजना हुँदै आएको छ ।

यस अगाडि लिटिल मिस नेपाल दृष्टि दाहालले प्रतियोगीतामा सहभागी जनाउदै शिर्ष उपाधि समेत नेपाल भित्र्याएकी थिइन् ।