काठमाडौं, २० वैशाख । तीन प्रदेशका २ सय ८३ स्थानीय तह निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा चुनावी उत्साह देखिएको छ ।
विभिन्न संशय चिर्दै झन्डै १४ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय ५६ जना निर्वाचित हुँदैछन् । ४ वटा प्रदेशमा भने जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले ३ वटै प्रदेशमा उम्मेदवारी मनोनयनपत्र दर्ताकार्य शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण भएकाले आयोग उत्साही भएको बताए । ‘निर्वाचनमा देखिएको उत्साहले निर्वाचन आयोगले खुसी र गौरव महसुस गरेको छ’, यादवले भने, ‘यसैगरी मतदानकार्य गराउन आयोग आतुर छ ।’
कहाँ कुन दलबीच तालमेल
- काठमाडौं महानगरपालिका : एमाले र राप्रपा, संघीय समाजवादी र नयाँ शक्ति
- मध्यपुर भक्तपुर : एमाले र नेमकिपा
- लमजुङ : एमाले र माओवादी केन्द्र
- तनहुँ : एमाले र माओवादी केन्द्र
- बागलुङ : एमाले र राष्ट्रिय जनमोर्चा
- सिन्धुपाल्चोक : एमाले र राप्रपा
- दोलखा : कांग्रेस र माओवादी केन्द्र
- मकवानपुर : कांग्रेस र माओवादी केन्द्र
- म्याग्दी : कांग्रेस र राप्रपा












प्रतिक्रिया