काठमाडौं । कपिल खत्री र शीतल श्रेष्ठद्वारा निर्माण गरिएको चलचित्र ‘भिलेन’ले आफ्नो केही सिनहरू काठमाडौं र मनाङमा छायाँकन गर्ने भएको छ । रौतहट जिल्लामा ६० प्रतिशत छायाँकन सकेको ‘भिलेन’ले छिट्टै मनाङमा गीतहरूको छायाँकन गर्नेछ ।
फिल्मका निर्माता एवम् नायक कपिल खत्रीले भने, ‘भिलेनको अधिकांस छायाँकन रौतहटमा सक्किएको छ । बाँकी सिनहरू काठमाडौं र मनाङमा गर्ने कार्यक्रम छ ।’ छायाँकनका लागि लोकनेसनको सबै तयारी गरिएको उनले बताए ।
तराई–पहाडको प्रेमकथालाई द्वन्द्वत्मक शैलीमा ‘भिलेन’मा उतारिएको छ । फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । ‘भिलेन’का निर्देशन देवेन्द्रराज पाण्डे हुन् । वृत्तचित्र निर्माण गरेर नेपाली सेनाबाट पुरस्कार पाइसकेका पाण्डेले ‘भिलेन’मा उत्कृष्ट काम गरेको निर्माता तथा नायक कपिल खत्रीले बताए ।
फिल्ममा निखिल उप्रेती, निशा अधिकारी, कपिल खत्री, शिल्पा पोखरेल, ध्रुब कोइराला, अविनाश न्यौपानेलगायतको अभियन रहेको छ ।
‘भिलेन’मा चकलेटी कपिल खत्री र शिल्पा पोखरेलको जोडीले फरक भूमिकामा अभिनय गर्दै छ ।
फिल्ममा संगीत बसन्त सापकोटा र बाबुलाल बरालको रहेको छ । कार्यकारी निर्माता सुरज खड्का हुन् भने नृत्य निर्देशन दीपक र दीपेनले गरेका छन् ।















प्रतिक्रिया