२९ आश्विन २०८३, बिहिबार

शरणार्थी शिविरमा आक्रमण, बत्तीस जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेरुत (लेवनान), २० वैशाख । सिरियाको इराकी सिमाक्षेत्र नजीकै रहेको शरणार्थी शिविरमा इश्लामिक स्टेट (आइएस) समूहले मङ्गलबार गरेको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बताएको छ ।

शिविरको भित्र र बाहिर गरी कम्तिमा पाँच आक्रमणकारी प्रवेश गरी आत्मघाती विस्पोट गराएको र इराक साथै सिरियाको हसाकेह प्रान्तमा विस्तापित जीवन विताउदै आएका सिरियाली नागरिक समेतको घटनामा मृत्यु भएको, सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रमी अब्देल रहमानले बताउनुभयो ।

आक्रमणपछि घटनास्थलमा आइएस लडाकू र ‘सिरियन डेमोक्रेटिक फोर्स’ का सुरक्षाकर्मीवीच ठूलो झडप भएको थियो ।

उक्त सुरक्षा बल अमेरिकी समर्थन प्राप्त कूर्दिस र अरबेली लडाकूको संयुक्त गठबन्धन सैन्य शक्ति हो । मृतकमध्ये केही कूर्दिस र अरबेली लडाकूसमेत रहेका रहमानले एएफ्पीलाई बताउनुभयो । –एएफ्पी