२ कार्तिक २०८३, सोमबार

बलिउडमा हजार करोड कमाउने पहिलो फिल्म बन्यो “बाहुबली–२”

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुंबई । बाहुबली–२ ले रिलीज हुने वित्तिकै बक्स अफिसको सबै रेकर्ड तोडेको छ । अहिलेसम्मकै सबै बलिउड फिल्मको रेकर्ड तोडेको छ । बाहुबली–२ ले अहिलेसम्म विश्वभरबाट १ हजार करोड रुपैयाँ कमाएको छ ।

जुन फिल्मले पहिलो दिनमै भारतमा १४५ करोड, अमेरिकामा ३३ करोड, खाडी देशमा ११ करोड, अन्य देशमा १२ करोड गरि २०१ करोड कमाई गरेको थियो ।

जसले बक्स आफिसमा तीन दिनसम्ममा भारतमा ४१५ करोड, अमेरिकामा ८५ करोड, खाडी देशमा ४० करोड, अन्य देशमा २० करोड कमाई गरेको छ ।

जसमा हिन्दी भाषामा १३० करोड, तेलुगुमा ४७ करोड, मलायलममा १० करोड, कन्नडमा ४५ करोड, ओवरसीजमा ४५ करोड क माई गरको छ ।

त्यस्तै, बक्स अफिसबाहेक सेटेलाईट राइट्स (हिन्दी) ५१ करोड, सेटेलाइट राइट्स (अन्य भाषा) ४५ करोड, मर्चेन्डाइज राइट्स २० करोड, इन्टरनेट राइट्स २० करोड रुपैयाँ कमाएको छ ।