२९ आश्विन २०८३, बिहिबार

यति धेरै सुरक्षाकर्मी रहेको देशमा दर्जन बसमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बेइझिङ, १९ वैशाख । चीनको चाओयाङ जिल्लाको ‘सिदाओ होलिडे रिसोर्ट’ मा पार्किङस्थलमा रोकिराखेका करिब एक दर्जन पर्यटक बसमा रहस्यमयरुपमा आगलागी भएको छ ।

चीनको राजधानी बेइजिङबाट पूर्वमा रहेको सो होटल बाहिरको पार्किङस्थलमा रहेका पर्यटक बसमा सोमबार मध्यान्ह आगलागी भएको बताइएको छ । बसमा लागेको आगो पूर्ण नियन्त्रणमा आइसकेको छ ।

बेइजिङ आगलागी नियन्त्रण विभागले आगलागीको सूचना पाएसँगै ५० दमकलसहित तालिम प्राप्त अग्नि नियन्त्रण अधिकारीका विभिन्न १२ समूहलाई घटनास्थल पठाएको थियो । घटनास्थल बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलोमिटर टाढा पर्दछ ।

प्रत्यक्षदर्शीका अनुसार सुरुमा एउटा गाडीमा आगलागी भएको र सोही गाडीबाट फैलिएको आगोको मुस्लोले एकपछि अर्को गर्दै एक दर्जन गाडीमा पूर्णतया क्षति पुगेको थियो ।

रोकेको अवस्थामा आगलागी भएकोले घटनामा कसैको हताहती वा घाइते नभएको बताइएको छ । आगलागीपछि खिचिएका दृश्यचित्र, फोटोमा आगलागीपछि निस्किएको मुस्लो, विशाल ज्वालासहितका दृश्यहरु सामाजिक सञ्जालमार्फत् एकैछिनमा विश्वभर फैलिएका थिए ।

यद्यपि घटनामा कुनै मानवीय क्षति भएको भने थाहा नभएको बेइजिङका एक व्यवसायी प्रत्यक्षदर्शी लिउ डोङले बताए । घटना जानीजानी घटाइएको थियो वा अकस्मात कुनै प्राविधिक समस्याका कारण भएको थियो भन्ने विषयमा थप विवरण आइसकेको छैन । – एजेन्सी