१४ कार्तिक २०८३, शनिबार

टेलिकमको फोरजी घोटाला प्रकरणमा कामिनी फन्दामा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । नानीदेखि लागेको बानी नछुटेपछि नेपाल टेलिकमको फोरजी सञ्चालनमा करोडौं कुम्ल्याएकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई अख्तियारले डाम्ने भएको छ । लामो समयसम्म छानविन भन्दै कार्वाही नगरी बसेको आयोगले पटक पटक उजुरी गर्दा पनि वास्ता नगरिएको भन्दै समाचार प्रकाशन भएपछि अहिले गंभिर बनेको सुत्रको दावी छ ।

पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीसंग सेटिङ मिलाइएको भएपनि अहिले भने त्यो सेटिङ भत्किएको छ । लोकमानसिंह कार्की र उनका ज्वाई सुभाषिस थपलियासँग सम्बन्ध बनाएकै आधारमा आफ्नो फर्म अनुकुलका टेण्डर बनाएर करोडौं कुम्ल्याउँदै आएका प्रबन्धक प्रदीप ठाकुर र प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको निद हराम भएको छ । अहिले फोरजी सञ्चालनका लागि नेपाल टेलिकममा भएको घोटालाको छानविनमा अख्तियार दुरुपयोअनुसन्धान आयोगल गम्भिर रुपमा लिएको सुत्रको दावी छ । फोरजी सञ्चालन गर्नका लागि तत्कालिन प्रवन्ध निर्देशक बुद्धि प्रसाद आचार्यकै समयमा समिति गठन भएको थियो । जुन समितिलाई राजभण्डारी आएपछि भंग गरिदिएकी थिइन् ।

त्यसैकारण समय नभएको भन्दै बिना तयारी नै हत्तारमा फोरजीको टेण्डर दिइएको थियो । फोरजीको सेवा सञ्चालन काठमाडौं र पोखराका लागि मात्रै गरिएको भएपनि अब भने देशभर नै चलाउनुपर्दछ भन्दै कमिसन खाने छिद्राको पर्खाइमा लागेकी राजभण्डारीहरुलाई यहि गतिमा अघि बढेआफु अख्तियारको फन्दामा जाकिने कुराको हेक्का भने पूर्व डिएमडीहरुले गराएका छैनन् । एनसेलको थ्रिजीको स्तरमा नेपाल टेलिकमको फोरजीमा पनि नभएको भन्दै जेटिइले उजुरी समेत गरेको छ । काठमाडौं र पोखरामा बाहेक अन्य ठाउँमा पनि फोरजी सेवाका लागि टेण्डर गराएर रकम खाने प्रपञ्च उनले गरेकी छन् । लामो समय देखि नीतिगत निर्णय गर्न नसकेको भएपनि कुन कुन शिर्षकमा कति रकम खाने भन्ने बाहेक कुनै पनि नयाँ निर्णयउनीबाट हुन सकेको छैन । युनियन चुपचाप विभिन्न पार्टी निकटका युनियनका नेताहरु पनि खुल्लेआम भ्रष्टाचार भइरहँदा पनि बोल्न सकिरहेका छैनन् । उनीहरुसबैलाई गोप्य रुपमा भेटेर कामिनीले ललिपपदेखाएकी छन् ।

किनकी नेपालका कतिपय सहरी क्षेत्रमा समेत टेलिकमको टावरका कारण फोन नसुनिने टावर नै नदेखाउने गरेको छ । एनसेलको मात्रै टिप्ने बनाएको नेपाल टेलिकमकै कर्मचारीले उक्त कार्य गराएको स्रोतले बतायो । कतिपय सहरमा टेलिकमकै कर्मचारीहरुले आत्मघाती गोलमा रकम असूली रहेका छन् । तर नेतृत्वले भने देखेको नदेख्र्यै गरेको छ थपलिया खाए सबैभन्दा बढि कमिसन फोरजी सञ्चालनका लागि तत्कालीन सचिव दिनेश थपलियाले सबै भन्दा बढि रकम कमिसन प्राप्त गरेका थिए । उनले उक्त कमिसन सिंगापुरमा खाता खोलेर जम्मा गराएको एक जना टेलिकमकै कर्मचारीले बताए । साताको तीनपटक कमिसन खाने रणनीतिकबैठक एक हप्तामा तीन पटक बिहानै ५ बजे नै पूर्व डिएमडीहरु अनुपरञ्जन भट्टराई, राजेन्द्र नकर्मी र कृष्ण घिमिरे मिलेर बैठक बस्ने गरेको छ ।

नेपाल टेलिकममा सप्लाई हुने समानहरुको स्पेक कसरी बनाउने र कस्लाई पार्दा कति कमिसन आउछ भन्ने कुराको लेखाजोखा उक्त मिटिङमा गरिन्छ एनसेलमा जागिरे बन्ने प्रपञ्चमा नेपाल टेलिकमको माथिल्लो तहमा कार्यरत कर्मचारीहरु आफन्तलाई एनसेलमा जागिर लगाएर नेपाल टेलिकम डुबाउने प्रपन्चमा रहेका छन् । त्यसैकारण राजभण्डारी सामान सप्लाएर कम्पनीको रकममा युरोप शयर गरेकी थिइन् । उनी नेपाल टेलिकमको रकम खल्तिमा राखेर श्रीमान् दिगम्बर राजभण्डारी सहित युरोपमा हनिमुन मनाएकी हुन् ।

डायरी एक्सप्रेस साप्ताहिकमा समाचार छ ।