२ कार्तिक २०८३, सोमबार

मोडल प्रीतिलाई तीन वर्ष जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । मुम्बई सेसन कोर्टले बलिउड मोडल प्रीति जैनलाई तीन वर्ष जेल सजाय सुनाएको छ । निर्देशक मधुर भण्डारकरको हत्या योजना बनाएको भन्दै अदालतले शुक्रबार प्रीतिलाई दोषी प्रमाणित गरेको हो ।

प्रीतिले सन् २००४ मा निर्देशक भण्डारकरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । १३ वर्ष लामो कानूनी लडाइँ लड्दा पनि प्रीतिले भण्डारकरलाई बलात्कारी प्रमाणित गर्न असफल भइन् । अदालतले प्रीतिलाई सर्वोच्च अदालतमा अपिल गर्न चार हप्ताको समय पनि दिएको छ ।

अदालतका अनुसार प्रीतिले सन् २००५ मा भण्डारकरको हत्याका लागि ग्याङस्टार अरुण गवलीका गुन्डा नरेश परदेशीलाई ७५ हजार भारु सुपारी दिएकी थिइन् । उनीहरूलाई अदालतले धरौटीमा छाडेको छ ।

प्रीतिले सुपारी दिए पनि परदेशीले भण्डारकरको हत्या गर्न नसकेपछि पैसा फिर्ता गर्न प्रीतिले बारम्बार ताकेता गरेकी थिइन् ।

त्यो कुरा गवलीका वकिलले पुलिसलाई बताएका थिए । त्यसपछि पुलिसले एक साता अनुसन्धान गरी मुद्दा दर्ता गरेको थियो ।

पुलिसले परदेशीलाई मात्र नभई प्रीतिलाई पनि पक्राउ गरेको थियो । प्रीतिले भण्डारकरले आफूलाई हिरोइन बनाउने प्रलोभनमा बलात्कार गर्दै आएको भन्दै मुद्दा दायर गरेकी थिइन् । – एजेन्सी