मुम्बई । बलिउड नायक आमिर खानले १६ वर्षअघि पुरस्कार समारोहमा भाग नलिने प्रतिज्ञा गरेका थिए । तर, १६ वर्ष अगाडिको त्यो प्रतिज्ञा तोडेर उनी एक पुरस्कार समारोहमा सामेल भएका छन् ।
लता मंगेशकरको आग्रहमा उनले यो प्रतिज्ञा तोडेका हुन् । लता मंगेशकरको परिवारले दीनानाथ मंगेशकरको नाममा ७५ वर्षदेखि पुरस्कार समारोहको आयोजना गर्दै आइरहेको छ । दीनानाथ लताका पिता हुन् भने विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्ने गरिन्छ ।
सोही समारोहमा आमिरलाई यसपालि ‘दंगल’ चलचित्रका लागि मनोनित गरिएको थियो । रोचक कुरा, उनले यो पुरस्कार हिन्दु अतिवादी संस्था आरएसएस प्रमुख मोहन भागवतको हातबाट स्वीकार गरेका थिए ।
सन् २०१५ मा आफ्नो श्रीमती किरण रावले भारतमा असहिष्णुता बढेको कारण देश छोड्नु पर्ने अवस्था आएको भन्ने उनको टिप्पणी प्रति ठूलो बबाल भएको थियो ।

















प्रतिक्रिया