१४ कार्तिक २०८३, शनिबार

चीनले यसकारण गर्‍यो रसुवागढी नाका बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरि बन्द भएको छ ।

चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

नेपाल चीनको व्यापारिक नाका रसुवागढी तीन दिनसम्म बन्द रहने छ । तीन दिनसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने चिनियाँ पक्षबाट जानकारी आएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले जानकारी दिए ।

आइतबारदेखि तीन दिन पूर्ण रुपमा नाका बन्द हुने चिनियाँ अधिकारीले नेपाली सुरक्षा अधिकारीलाई जानकारी गराएको दाहालको भनाइ छ ।

चिनियाँ पक्षले २७ किलोमिटर दूरीको रसुवागढी–केरुङ सडक मर्मत तथा ट्रयाक निर्माणका लागि ब्लाष्टिङको काम शनिबारदेखि थालेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

रसुवागढीदेखि चीनको केरूङसम्म चिनियाँ पक्षले शनिबारदेखि सडक सुधार तथा मर्मत कार्य थालेको छ ।

चिनियाँ पक्षले नाका बन्द भएको र सवारी साधन सञ्चालन प्रभावित भएको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।

रसुवागढी नाका काठमाडौंदेखि एक सय ५२ किलोमिटर दूरीमा छ । नाका सन्चालन हुँदा दैनिक रुपमा ५० वटा माल वहाक कन्टेनर तथा अन्य यातायातका साधन सन्चालन हुँदै आएका थिए ।

गत फागुनदेखि दुई महिनाको अवधिमा रसुवागढी नाका पहिरोलगायतका कारणले एक महिनाभन्दा बढी बन्द भइसकेको छ ।