काठमाडौं, १६ वैशाख । मिस तामाङ २०१७ का विजेताहरुलाई नगद पुरस्कार वितरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रम आयोजना गरी प्रमुख अतिथि सिभिल होमका अध्यक्ष एवं सांसद इच्छाराम तामाङले पुरस्कार नगद हस्तान्तरण गरेका हुन् । काठमाडौंका उपाधि विजेता पिंकी घिसिङ, फस्ट रनरअप काठमाडौंका नावाङ मोक्तान र सेकेण्ड रनरअप धादिङका रिता थिङ तामाङलाई क्रमश एक लाख, पचास हजार र तीस हजार वितरण गरेका हुन् ।
२८५३ औं ज्या सोनाम ल्होछारको अवसरमा काठमाडौंमा दशौं संस्करणको मिस तामाङ प्रतियोगिता एभरेष्ट फेसनहोम र तामाङ कलासंस्कृति केन्द्रको संयुक्त आयोजनामा २०७३ माघ २२ गते सम्पन्न भएको थियो ।
















प्रतिक्रिया