१४ कार्तिक २०८३, शनिबार

बालकृष्ण ढुंगेल कहाँ छन् ? प्रहरीले सुराक नै पाएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई लिखित निर्देशन दिएको शुक्रबार १५ दिन पुग्छ ।

तर प्रहरीले ढुंगेललाई पक्राउ गर्ने अदालतको आदेश कार्यान्वयन गरेको छैन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

चैत ३१ मा सर्वोच्चले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ढुंगेललाई पक्राउ गर्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएको थियो ।

अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधान कार्यालय पुगेको थियो ।

सर्वोच्चले ढुंगेललाई २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

सर्वोच्चको आदेशपछि बल्ल १० वैशाखमा महानिरीक्षक अर्यालले पूर्वसांसद एवं माओवादी नेता ढुंगेललाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए ।

उनले ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिएका थिए । तर ढुंगेल पक्राउ परेका छैनन् ।

प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले अभियुक्त पक्राउ गर्न प्रयास जारी राखिएको बताए । उनले ढुंगेल कहाँ छन् भन्नेबारे कुनै सुराक नआएको बताउँदै भने, ‘पहल जारी छ ।’