१४ कार्तिक २०८३, शनिबार

एमालेसँग यसरी जुटेको थियो सहमति, यस्तो छ भित्री कुरा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । स्थानीय विकास मन्त्रालयले ११ जिल्लामा गरेको पत्राचारमा आपत्ति जनाएको एमालेसँग सत्ता पक्षले सहमतिका आधारमै नयाँ निर्णयमा पुगिने प्रतिबद्धता गरेपछि दुई दिनयता अवरुद्ध संसद् बैठक बुधबार बेलुकीबाट खुलेको छ ।

एमालेले स्थानीय तहको संख्या थप्न जिल्लामा गरिएको पत्राचार फिर्ता नलिएसम्म संसद् चल्नै नदिने अडान लिएको थियो । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले स्थानीय तहको संख्या थप गर्न अहिले मन्त्रालयले पठाएको पत्र फिर्ता लिने र एमालेसहित मधेसी मोर्चासँग छलफल गरी नयाँ निर्णयमा पुग्ने गरी सहमति खोजिएको बताए ।

‘स्थानीय विकास मन्त्रालयले पठाएको पत्र फिर्ता लिने र एमाले, मोर्चा सबैसाग पुनः छलफल गरी नयाँ निर्णयमा पुग्ने गरी एउटा समझदारी निकालिएको छ,’ बस्नेतले नयाँ पत्रिकासँग भने, ‘सोही आधारमा संसद् बैठक चल्न दिन एमाले तयार भएको हो ।’

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पनि अब सत्तापक्षले प्रतिपक्षको सल्लाहविना कुनै निर्णय नलिने प्रतिबद्धता गरेपछि संसद् खुलाउन आफूहरू तयार भएको बताए ।

‘विपक्षीको जानकारीविना पठाएको पत्र फिर्ता लिने, अब के गर्ने भन्ने विषयमा प्रमुख प्रतिपक्षीको सहमतिविना केही नगर्ने सत्तापक्षले सहमति गरेपछि संसद् खुल्न दिएका हौँ,’ ढकालले नयाँ पत्रिकासँग भने ।