काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे । पार्टी स्थायी कमिटीको बैठकपछि बालकोट पुगेका धुमुस–सुन्तलीले ओलीसंग लामो समयसम्म भलाकुसारी गरे ।
कलाकारिता संगै बस्ती निर्माणमा जुटेका धर्मुस–सुन्तलीलाई ओलीले राम्रैसंग स्वागत गरेका थिए । ओलीको गृहजिल्ला झापाकै धुर्मस यसअघि पनि बेला बेला ओली निवासमा गइरहने कलाकार भएपनि यस पटक उनको उपस्थिति केही फरक थियो । हिलो बढी समय बस्ती निर्माणकै विषयमा बढी छलफल भयो ।
ओलीले धुर्मसले गरेका कामको प्रशंसा गरेपछि धुर्मुसले आफू तपाईबाटै प्रभावित भएको बताएका थिए । लामो कुरा गर्ने क्रममा धुर्मसले गर्ने ओलीको क्यारीकेचरका बारेमा पनि कुरा उठ्यो । ओलीले गर्ने हरेक क्रियाकलापका बारेमा ध्यान दिने हुनाले आफूले अध्यक्ष ओलीको क्यारिकेचर गर्न सजिलो हुने गरेको बताएका थिए ।
बस्ती निर्माण, भावी योजना, कलाकारिकतालगायतका बारेमा कुरा गरेर बिदा हुने बेला ओलीले धुर्मुस–सुन्तलीलाई कोट र साडी उपहार दिएका थिए । धुर्मुसलाई कोट लगाउँदै ओलीले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यहरु गर्दै जान भन्दै आशिर्वाद दिएका थिए ।
















प्रतिक्रिया