लसएञ्जलस । हलिउड गायिका जैनेट जैक्सनले आफ्ना पति विस्साम अल मनासँग पारपाचुके गरेकी छिन् । जैनेटले गत जनवरीमा पहिलो बच्चा जन्माएकी थिइन् ।
यो जोडीबीच सहमतिमा सम्बन्ध विच्छेद भएको समाचारमा उल्लेख छ । बच्चालाई भने बाबुआमाका रुपमा दुबैले संरक्षण गर्ने सहमति भएको छ । उनीहरूबीच पछिल्लो केही महिनादेखि झगडा चलिरहेको जनाइएको छ ।
गायिका जैनेटले पति विस्सामले प्रेगनेंसी भएकाले बेला आफूलाई अत्याधिक कंट्रोलमा राखेकाले दुःख महसुस गर्नुपरेको गुनासो गरेकी छिन् । जैनेटले आफूमाथि पतिले दिएको चरम दबाब थेग्न नसकेर सम्बन्ध बिच्छेद गर्नुपरेको जनाएकी छिन् ।
यतिसम्मकी गायिका जैनेटलाई आफ्ना पति विस्सामले म्युजिक कार्यक्रमहरूको प्रमोसनमा जाँदा पनि प्रतिबन्ध लगाउने गरेको उनले बताइन् ।
जैनेटलाई साथी र परिवारहरूसँग भेटघाट गर्दा पनि पतिलाई मन नपर्ने गरेको समाचारमा उल्लेख छ । जैनेट र विस्सामबीच विवाह भएको पाँच वर्षपछि पहिलो बच्चा जन्मिएको थियो । – एजेन्सी















प्रतिक्रिया