२९ आश्विन २०८३, बिहिबार

अमेरिकी नागरिकलाई उत्तर कोरियाले नियन्त्रणमा लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्योङयाङ, १२ वैशाख । उत्तर कोरियाले एक अमेरिकी नागरिकलाई हिरासतमा लिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । उनको नाम किम बताइएपनि खास नाम के हो भन्ने बारेमा केही खुलाइएको छैन । उनी उत्तर कोरियाको हिरासतमा पर्ने तेस्रो नागरिक बनेका छन् ।

यसअघि एक अमेरिकी नागरिकलाई जासुसी र अर्कालाई होटलको चिन्ह चोरेको आरोपमा गिरफ्तार गरिएको थियो । कोरियाली प्रायद्वीपमा बढिरहेको तनाबका समयमा उत्तर कोरियामा अमेरिकी नागरिक पक्राउ परेका हुन् । अमेरिकाले हालैका दिनमा उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर आक्रमणका लागि कूटनीतिक छलफल जारी राखेको छ ।

अमेरिकी सैन्य युद्धपोत युएसएस कार्ल विन्सनसमेत सामेल छ । यो साता कोरियाली प्रायद्वीप पुग्दैछ । उत्तर कोरियाले भने यो युद्धपोतलाई कुनै बेला पनि ध्वस्त गर्न सक्ने क्षमता आफूहरुसँग रहेको जनाएको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार हिरासतमा गएका ५० वर्षीय अमेरिकी नागरिक चीनको यानबियान विश्वविद्यालयका प्राध्यापक हुन् र उनी एक महिनादेखि उत्तर कोरियामा राहत कार्यमा जुटेका थिए ।

गत वर्षको जनवरीमा २१ वर्षीय अमेरिकी नागरिक ओट्टो वार्मबीयरलाई उत्तर कोरियाको यात्राका क्रममा एक चिन्ह चोरेको आरोपमा गिरफ्तार गरिएको थियो । मार्च २०१६ मा उनले देशका विरुद्ध अपराध गरेको आरोपमा दोषी ठहर गर्दै १५ वर्षको श्रम सजाय दिइएको छ । – एजेन्सी