काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीले डीआईजी नवराज सिलवाललाई बयान लिएर छाडेको छ । छुटेलगत्तै उनी अस्पताल भर्ना भएका छन् ।
प्रहरीको छानविन टोलीले सिलवाललाई सोमबार विहान नियन्त्रणमा लिएको थियो । र, हेडक्वाटर लगेर उनीमाथि लागेको अभियोग जानकारी दिनुका साथै बयान लिइएको छ ।
सिलवालले कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै गृह मन्त्रालयले डीआईजी विजयकुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । त्यही समितिले बयान लिएको र सिलवाललाई छाडिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
अस्पताल भर्ना, पत्रकार सम्मेलन गर्ने
प्रहरी नियन्त्रणबाट मुक्त भएलगत्तै विरामी परेका डिआईजी सिलवाललाई ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा भर्ना गरिएको छ । सिलवाल उच्च रक्तचापका बिरामी हुन् । प्रहरीको बहालवाला डिआईकै हैसितयमा पक्राउ परेको सन्देश प्रवाह गरिएपछि सिलवालले अपमानित महसुस गरेको र त्यसैकारण रक्तचाप एक्कासी बढेको पारिवारिक स्रोतले बतायो ।
अस्पतालबाटै पत्रकार सम्मेलन गर्ने
प्रहरी नियन्त्रणबाट मुक्त भएलगत्तै बिरामी भई अस्पताल भर्ना भएका डिआईजी सिलवालले अस्पतालबाटै पत्रकार सम्मेलन गर्ने भएका छन् । सिलवालले अस्पतालबाटै पत्रकार सम्मेलन गर्न लागेको सुरक्षा मामिलामा कलम चलाउँदै आएका पत्रकार रोशन खड्काले जानकारी दिए ।















प्रतिक्रिया