१४ कार्तिक २०८३, शनिबार

नयाँदिल्लीले पठायो विशेषदूत, रहस्यमय आगमनले के–के हुँदैछ ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । जबजब नेपालमा केही राजनीतिक गेम र समझादारी हुन थाल्छ, नयाँदिल्लीको साउथ ब्लकले आफ्ना केही विशेषदूतहरू तत्काल काठमाडौं पठाई हाल्छ ।

यही परम्परा अनुसार, नेपालका लागि पूर्व चर्चित भारतीय राजदूत श्याम शरणको २०७४ साल वैशाख ९ गते रहस्यमय रुपमा काठमाडौं आवागमन भएको खबर छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलेृ मधेसी मोर्चाले राखेका राष्ट्रका लागि दीर्घकालीन रुपमा घातक ठहरिने मागहरू स्वीकारेर संविधान संशोधन गर्न र स्थानीय तहको निर्वाचन सार्न सहमत भएपछि श्याम शरणको आवागमनलाई काठमाडौंमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

२०७४ वैशाख ९ गते नेपालको राजनीतिक घटनाले नयाँमोड लिने अवस्था आउनासाथ दिल्लीको साउथ ब्लकको डिजाइनमा भारतीय पूर्व विदेश सचिवसमेत रहिसकेका श्याम शरणलाई नयाँ ढंगको राजनीतिक माहोलका बारेमा रिपोर्ट तयार गर्न विशेषदूतकै रुपमा खटाएको स्रोतले जनाएको छ ।

हतारमा काठमाडौं आइपुगका भारतीय कूटनीतिज्ञ श्याम शरणले विभिन्न व्यक्तिहरूसँग भेटघाट र छलफल समेत सुरु गरेका छन् ।