१४ कार्तिक २०८३, शनिबार

दोस्रो चरणमा निर्वाचन हुने भएपनि मतपत्र छाप्न नसकिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयलाई लिएर केही विषयमा स्पष्टता खोजेको छ ।

आयोगले मतपत्र, मतदाता नामावली, मतगणना, स्थानीय तहको संख्या थपघट, आगामी आर्थिक वर्षको बजेट जस्ता विषयमा सरकारको धारणा मागेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा आयोगका पदाधिकारीले जेठ ३१ मा निर्वाचन गराउन सकिने भए पनि मतपत्र पुनः छाप्ने वा फेरि मतदाता नामावली संकलन गर्ने काम सम्भव नभएको जानकारी गराएका छन् ।

आयुक्त इला शर्माले आयोगले तयार पारिसकेको मतपत्र, मतदाता नामावलीजस्ता विषय चलाइएन भने मात्र दुई चरणको निर्वाचन सहज हुने जानकारी प्रधानमन्त्रीलाई गराइन् ।

‘मतपत्र परिवर्तन गरेर जाने विषय सम्भव नै हुन्न’, उनले भनिन्, ‘स्थानीय तहको संख्या थप्ने विषयमा पनि चुनौती छ। यसअघि ढिला गरेर प्रतिवेदन दिएजस्तो फेरि भयो भने जटिलता आउँछ ।’