१४ कार्तिक २०८३, शनिबार

सगरमाथाको उचाइँ भारतले नाप्ने, फेरि भयो हस्तक्षेप !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । सगरमाथाको उचाइँ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने भने पनि सरकारले आगामी साउनपछि आफैं नाप्ने गरी तयारी थालेको छ ।

त्यसका लागि टोकनका रुपमा अर्थ मन्त्रालयसँग १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सगरमाथाको उचाइ संयुक्त रूपमा फेरि नाप्नका लागि भारतले नेपालसँग केही दिनअघि प्रस्ताव राखेको खबर सार्वजनिक भए पनि यसबारे आफूलाई केही जानकारी नभएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए ।