१४ कार्तिक २०८३, शनिबार

स्थानीय निर्वाचनमा कति सिट जित्छ एमालेले ? यस्तो आयो भविष्यवाणी

35.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचनमा कम्तीमा ५० प्रतिशत जित्ने दाबी गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित बुद्धिजीवीहरूसँगको छलफलमा एमालेले त्यस्तो दाबी गरेको हो । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

‘एमालेले कम्तीमा ५० प्रतिशत स्थानीय तहमा त जित्छ नै,’ केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘पाँच वर्षभित्र मुलुकलाई अल्पविकसितबाट विकासशील राष्ट्रको तहमा पुर्याउन तीन तहकै निर्वाचनमा सुविधाजनक बहुमत ल्याएपछि सरकारले गर्ने कामको परिकल्पना हामीले घोषणापत्रमा गरेका छौँ ।’

मुलुकमा समृद्धिको आधारशिला निर्माण गर्ने महत्वपूर्ण ‘जङ्चर’ निर्वाचन भएकाले निर्वाचनको घोषणापत्र समृद्धि र विकासमा केन्द्रित रहेको ज्ञवालीले जानकारी दिए ।

निर्वाचन सार्ने खेलको प्रतिवाद गर्छौं : पोखरेल

महासचिव ईश्वर पोखरेलले संविधान जारी हुन नदिने शक्तिले मधेसी मोर्चालाई अघि सारेर निर्वाचन सार्ने प्रयास गरिरहेको भन्दै एमालेले अग्रपंक्तिमा उभिएर प्रतिवाद गर्ने चेतावनी दिए ।

‘संविधान जारी हुन नदिने शक्तिको आडमा सकभर निर्वाचन सार्ने, त्यसो गर्न नसकिए टार्ने अनेक प्रयास भइरहेको छ,’ पोखरेलले भने, ‘त्यसो गरिए एमालेले अग्रपंक्तिमा उभिएर प्रतिवाद गर्नेछ ।’

२५ वर्षभित्र ५० हजार मेगावाट बिजुली

समृद्धि र विकासमा केन्द्रित रहेकाले महत्वाकांक्षी लाग्ने घोषणापत्रको तयारी भइरहे पनि तीव्र विकास सपना र योजनाविना सम्भव नभएको उनको कथन थियो ।

कृषिको आधुनिकीकरण, २५ वर्षभित्र ५० हजार मेगावाट बिजुली उत्पादन, पर्यटन विकास, पूर्वाधार विकास–रोड–रेलवे कनेक्टिभिटी, मानव संसाधनको विकास र विकासमा समावेशिताजस्ता मुख्य विषयलाई समेटेर घोषणापत्रको अन्तिम तयारी भइरहेको उनले जानकारी दिए ।