काठमाडौं, ७ वैशाख । प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेको भन्दै डीआइजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको छ ।
महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
ती अधिकारीका अनुसार महानिरीक्षक अर्यालले पद सम्हालेको भोलिपल्ट चैत २९मा बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा सहभागी नभएर सिलवालले प्रहरीको नियम र चेन अफ कमान्ड उल्लंघन गरेकोमा स्पष्टीकरण सोधिएको हो ।
‘‘संगठनको अनुशासन र प्रहरी नियम उलंघन गरेकामा तपाईँमाथि कारबाही किन हुनु नपर्ने हो लिखित स्पष्टिकरण पेश गर्न’ भन्दै प्रहरी प्रधान कार्यालयले सिलवाललाई लेखेको पत्रमा भनिएको छ ।












प्रतिक्रिया