२ कार्तिक २०८३, सोमबार

चलचित्र क्षेत्रमा पाइला टेक्न डेढ दशकको यात्रा

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ बैशाख । साँगीतिक क्षेत्रमा यसअघि सुदूरपश्चिममा चर्चित बनेको नाम हो दीपक आरजे । जहाँ स्थानीय सञ्चार माध्यममा काम गर्दै आफ्नो परिचय फराकिलो बनाएका दीपक विभिन्न साँगीतिक कार्यक्रममा संलग्न भइरहे ।

धनगढीमा आफ्नै म्युजिक ब्याण्ड स्थापना गरेका उनले विभिन्न साँगीतिक कन्सर्ट तथा सुन्दरी प्रतियोगिताहरु आयोजना गरे । सुदूरपश्चिममा पहिलो पटक सुन्दरी प्रतियोगीता आयोजना गर्ने श्रेय उनलाई पनि जान्छ ।  यहि क्षेत्रमा करिब १५ वर्षको अवधि सुदूरपश्चिमै व्यतित गरेका दीपकले अहिले आफ्नो क्षेत्र चौडा बनाएका छन् ।

स्थानीय स्तरमा हुने साना–ठूला चलचित्र तथा म्युजिक भिडियोहरुमा मात्रै केन्द्रीत रहेका दीपकले अहिले चलिरहेको चलचित्र ‘लप्पन छप्पन’ मा म्युजिक डाइरेक्टर भएर काम गर्ने अवसरमा पनि पाए । आफ्नो डेव्यु चलचित्रमा नै उनले म्युजिक डाइरेक्टरको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् ।

यस वर्ष रिलिज भएर १ करोडमाथि कमाई गर्ने फिल्म भित्र परेको ‘लप्पन छप्पन’मा रहेका तीनवटै गीतमा शब्द संगीत उनकै छ । तीनमध्ये उनले ‘माया बढ्यो झन् झन्’ बोलको गीतमा आफै स्वर पनि दिएका छन् ।

त्यस्तै, उनकै शब्द संगीत रहेका ‘रन अन गन’मा निश्चल बस्नेत र ‘लैजा माया पोको पारेर’ बोलको गीतमा सबिन राईले स्वर दिएका छन् ।
चलचित्रका गीत पनि राम्रै चलेका छन् । उनी भन्छन्, ‘फिल्मलाई चल्ने र नचल्ने बनाउने काम नै त्यसभित्र भएका गीतले बनाउँछ ।’

व्यस्तता सुरु
चलचित्र ‘लप्पन छप्पन’ मा राम्रै संगीत दिन सफल भएका दीपक चलचित्र प्रवेशको छोटो समयमै अन्य फिल्ममा पनि व्यस्थ हुन थालिसकेका छन् । पहिलो पटक ठूलो पर्दाको चलचित्रमा काम गर्ने अवरका पाएका दीपकको कामको राम्रो मूल्याङ्कन भएको छ ।

उनललाई आफ्नो फल्ममा काम दिन विभिन्न निर्माताहरु आकर्षित भएका छन् । उनी भन्छन्, ‘विभिन्न निर्माताहरुले मलाई अफर गर्न थालिसकेका छन् ।’ फिल्म क्षेत्रमै आफ्नो करिअर देखेका उनी अहिले विभिन्न चारवटा फिल्ममा व्यस्त भइसकेका छन् । ‘लप्पन छप्पन’ रिजिल हुने वित्तिकै विभिन्न चार वटा फिल्मको काममा लागिसकेको छु’ उनी भन्छन्, ‘अब करिअर बन्छ भन्ने आशा गरौं ।’

उनी आफ्नो विगत सम्झँदै भन्छन्, ‘म मोफसलमा रेडियो तथा मेला महोत्सवका जिङ्गल, स्लोगन बनाउनमै रमाइरहेको थिएँ, त्यो मेरो जग थियो, त्यहि जगमा इट्टा थप्दै अहिले नेपाली चलचित्रको महत्वपूर्ण पाटो सम्हाल्न पुगेको छु, खुशी लाग्छ ।’ उनले लामो समय लगाएर बनाएको जग भरपर्दो र माथि उठ्न सहज भएको अनुमान गर्न सकिन्छ ।