२ कार्तिक २०८३, सोमबार

ट्रम्पको नयाँ आदेशले भारतमा हंगामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । बिशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने विदेशीलाई दिइने प्रवेशाज्ञा सम्बन्धि कार्यक्रममा हस्ताक्षर गरेपछि अमेरिकामा रहेका भारतीय कम्पनीहरु चिन्तित बनेका छन् । अमेरिकामा एचवानबी प्रवेशाज्ञा प्रयोग गर्नेमा सबै भन्दा धेरै संख्यामा भारतीय नागरिक छन् । यद्यपि उनीहरुले अझै भारतीय कम्पनीहरुले एनवानबी प्रवेशाज्ञा सम्बन्धी अडानमा ट्रम्प प्रशासन लचिलो हुने अपेक्षा गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उत्पादन खरिद गर्न र अमेरिकीहरुलाई कामममा प्रात्साहित गर्न यस्तो निर्णय लिएको बताएका छन् । उनले भनेका छन्, ‘पछिल्लो कदमसँगै हामीले आफना कामदार र रोजगारीलाई संरक्षण गर्नेछौ तथा अमेरिकालाई सबै भन्दा पहिलो प्राथमिकता दिनेछौ भन्ने सन्देश विश्वलाई दिएका छौं ।’ एचवानबी प्रवेशज्ञा अत्यन्तै सक्षम तथा असाध्यै धेरै तलव दिइएका निवेदकले मात्रै पाउन भन्ने उद्देश्यले पछिल्लो योजना ल्याइएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

भारतको सबै भन्दा ठूलो आइटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेसका अधिकारीहरुले अमेरिकामा भइरहेका पछिल्ला बहसलाई भावनामा बहेको टिप्पणी गरेका छन् ।