काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका नेता खुमबहादुर खुडकाविरुद्ध फेरि अर्को एउटा षड्यन्त्र भएको छ र यसपटकको षड्यन्त्रमा पनि कांग्रेसका नेताहरू सामेल भएको पाइएको छ ।
विश्वका अल्पविकसित तथा विकासोन्मुख मुलुकको राजनीतिमा विरोधीलाई ठेगान लगाउन भ्रष्टाचारको मुद्दा लगाइदिने प्रवृत्ति आम बनेको छ । खड्का पनि सोही प्रवृत्तिको सिकार पटक पटक भएका छन् ।
षड्यन्त्रमा सामेल पात्र र कारण फरक भए पनि सिकार चाहिँ खुमबहादुर खड्का र जयप्रकास गुप्ता लगायतले मात्र हुनु परेको छ । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
राजाको शासनकालमा तत्कालीन सत्ताधारीहरूबाट बेग्दै कारणले लगाइएको मुद्दा गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र बाबुराम भट्टराई हुँदै प्रचण्ड–विमलेन्द्र निधिसम आइपुग्दा अकैए चरणमा प्रवेश गरेको छ ।
यसपटकको षड्यन्त्रमा संलग्न रहेका तीनैजना नेपाली कांग्रेसमा आबद्ध व्यक्ति छन् । पछिल्लो षड्यन्त्र खुमबहादुर खड्कालाई राजनीतिबाट नै बञ्चित गर्ने उदेश्यप्रेरित रहेको र यस्तो षड्यन्त्रमा उपप्रधानमन्त्री विमलेन्द्र निधि, राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती र सांसद आनन्दप्रसाद ढुंगाना मुख्य पात्रका रुपमा सामेल भएको देखिएको छ ।
कांग्रेसभित्र लामो समयदेखि खुमबहादुर खड्कालाई राजनीतिमा क्रियाशील नै हुन नपाउने नियत राखी निर्वाचन कानूनमा संशोधन गराएका छन । तर, उल्लिखित व्यहोरा पहिले नै पार्टी सदस्यता लिइसकेका व्यक्तिको हकमा लागू हुन नसक्ने देखिएको छ ।
नेता खड्कालाई लक्षित गरी संशोधन गरिएको ऐनमा पार्टी सदस्यता वितरण गर्दा भ्रष्टाचारलगायत अन्य गम्भीर प्रकृतिका कतिपय अभियोग लागी सजाय पाएका व्यक्तिलाई नदिने व्यहोरा उल्लिखित छ ।
खड्का विक्रम संवत २०२७ सालदेखि निरन्तर कांग्रेस सदीयका रुपमा क्रियाशील छन् । उनलाई विपी कोइरालाले २०३४ सालमै केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
त्यसयताका चार दशकदेखि कांग्रेस नेतृत्वमा रहँदै आएका खड्काले प्रजातान्त्रिक आन्दोलनका क्रममा आठ वर्ष जेल र आठ वर्ष प्रवासको जीवन बिताउनुपरेको थियो ।












प्रतिक्रिया