
काठमाडौं, ६ वैशाख । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई नेतृत्वको ६८ दलीय गठबन्धनमा एक यस्ता पात्र छन्, जो कहिले पत्रकार, कहिले राजनीतिक दलको अध्यक्ष, कहिले सहकारी संघसंस्थाको सञ्चालक र कहिले श्रीमति पीडित संघ अध्यक्षको रुपमा चिनिन्छन् ।
लेख्ने पत्रकारभन्दा पनि नेताको पछि उभिएर मोबाइलमा भिडियो खिच्ने पत्रकार । अर्थात मोतीलाल भारत । दलीय चुनाव चिन्ह नपाएको भन्दै केही दिन पहिलो साना दल प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
तीनै पात्रलाई देखेपछि प्रधानमन्त्रीका सहयोगी एकछिन आश्चर्यमा परे । नेताको पछाडिबाट भिडियो खिच्ने शैली त्यहाँ पनि पच्छ्याए ।
आफूलाई बाबुराम भट्टराईपछिको नेता देखाउन खोजे । नेपाल समावेशी दल नामक उनको पार्टी यसअघि मोहन वैद्य नेतृत्वको २९ दलीय गठबन्धनमा थियो, भावना प्रसाइँको सर्वहारा पार्टीसहित ।












प्रतिक्रिया