काठमाडौं, ६ वैशाख । ‘अदालतले नम्बर जोड्न गल्ती गरेको हो । हामीले बाहिर हल्ला आए जस्तो कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सच्चाएको छैन’ यस्तो जानकारी सहकर्मीलाई दिँदै प्रहरी प्रमुख बढुवाको पुनरावलोकन सुन्ने कमिटीका अध्यक्ष तथा लोकसेवा प्रमुख उमेश मैनाली अस्ति अष्ट्रेलियातर्फ उडेका छन् । अब केही कुरा देखियो भने दुई वटा सत्य एकै ठाउँमा जीवित रहन सक्दैन । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
एउटा न एउटाले झुट ठहरिनै पर्छ । हिसाव जोड्न गल्ती गर्ने सर्वोच्चका पाँच जना न्यायाधीशले नैतिकताको आधारमा माफी माग्ने कि बढुवा समितिका पाँच जनाले आफूले पछि नम्बर तलमाथि गरेको छ/छैन भन्ने आशंकाको निक्र्यौल गर्ने ? १९ गतेको पेसीपछि एउटा धर्मसंकट सृजना हुँदैछ देशमा । तर सवाल छ गल्ती गर्ने एक पक्षले कमजोरी स्वीकार्न हिम्मत गर्छ कि गर्दैन ? आइजीपी बढुवा प्रकरणमा किर्ते कासमुको फोटाकपी सर्वोच्चमा पेश भएको र त्यसैमा टेकेर न्यायाधीशले फैसला गरेकोमा अब कुनै विवाद रहेन ।
प्रकाश अर्यालको सुपरिवेक्षक तत्कालीन उपत्यका प्रहरी प्रमुख प्रतापसिंह थापा, नवराज सिलवालको मानव स्रोत विभाग वीरेन्द्र बाबु श्रेष्ठ, अदालतमा रहेको कागजातमा प्रतापले दिएको नम्बरको फोन्ट ‘कालीमाटी’ छ । वीरेन्द्रले नवराजलाई दिएको फोन्ट ‘उत्साह’ हो । नक्कली भनिएको ०७२–०७३ को प्रतिवेदनमा पहिलो पेज कालीमाटी नै छ ।
अन्तिमको नम्बर भएको आधा पेजमा चाहिँ अर्कै फोन्ट प्रयोग भएको देखिन्छ । अर्थात एउटै पेजमा दुई थरी अक्षर मिसमास गरिएको पाइएको छ । त्यो फोकपी जुन अदालतमा पेश भएर त्यसैको आधारमा न्यायाधीशले फैसला गरेको थिए ।
त्यसलाई पनि प्रमाणित गरेर छाप लगाएर आइतबार सरकारले सर्वोच्चबाट लिएर गएको छ ।













प्रतिक्रिया