काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकाका प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन् ।
गृहमन्त्री निधिको असहयोगी व्यवहार तथा विवादास्पद अभिव्यक्ति का कारण निर्वाचन गराउन असहज भएको गुनासो प्रधानमन्त्री दाहालले देउवासमक्ष गरेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्रीले गृहमन्त्रीका पछिल्ला व्यवहारलाई गम्भीरतापूर्वक लिइदिन पनि देउवासँग आग्रह गरेका छन् ।












प्रतिक्रिया