१४ कार्तिक २०८३, शनिबार

मन्त्रीले विदेशमा नेपालको ‘अन्तर्राष्ट्रिय बेइज्जत’ गराए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । एकजना मन्त्रीले पदीय मर्यादा कायम नराख्दा नेपालको फेरि अन्तर्राष्ट्रिय बेइज्जती भएको छ ।

उर्जाराज्यमन्त्री सत्यनारायण भगत एक हप्ता चीनमा हल्लिएर नेपाल फर्किएका छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ । राज्यमन्त्रीलाई श्रीमतिसहित घुमाउने काम चीनक गेजुवा कम्पनीले गरेको हो ।

गेजुवा नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिरहेको विवादित कम्पनी हो । चाइना गुजुवा एण्ड पावर ग्रुप कम्पनी लिमिटेडले नेपालको त्रिशूली तीन ‘ए’ आयोजनामा गुणस्तरहीन सिमेन्ट प्रयोग गरेको भनी विवादमा आइरहेको छ ।

यही मेसोमा उर्जा राज्यमन्त्रीलाई चीनको सयर गराइएको बुझिएको छ । उनको भ्रमणको कुनै एजेण्डा थिएन । यसबारे उर्जा मन्त्रालयमा सम्पर्क गर्दा एक अधिकारीले यो नितान्त निजी भएको बताए ।

चीनमा रहँदा उनले गेजुवाकै प्रमुखलाई समेत भेटन पाएनन् । गेजुवाको दोस्रो तहको व्यक्तिले भोज खुवाएको बुझिएको छ । झण्डै एक साता चीनमा बिताएर गेजुवाले दिएको उपहार लिई भगत नेपाल फर्किएका छन् ।