मुम्बई । बलिउड नायिका अनुष्का शर्माको नाम आउँछ, त्यस सँगसँगै क्रिकेटर विराट कोहलीको नाम पनि जोडिएर आउने गर्छ । उनीहरूको मायाको किस्सा मिडिया, बलिउड र क्रिकेटको दुनियाँमा फैलिइरहेको छ ।
कुनै समय यस्तो थियो, जुन बेला विराटको दिल अनुष्काका लागि नभएर अरू नै कोही नायिकाको लागि धड्कन्थ्यो, जो आज एक सुपरस्टारकी पत्नी हुन् ।
यस विषयमा विराट आफैंले एक अन्तरवार्तामा भनेका हुन् कि उनी उक्त नायिकाको एक मुस्कानमै फिदा हुन्थे । विराटलाई करिश्मा कपुर पनि निकै मन पर्थिन् । चर्चा करिश्माको होइन जेनेलिया देशमुखको हो ।
केही समयअघि विराटले एक अन्तरवार्तामा आफ्नो प्रेमजीवनको बारेमा खुलाएका थिए । उनले आफू वर्तमान प्रेमिका अनुष्काको नभएर जेनेलियाको फ्यान भएका बताएका थिए ।
विराट र अनुष्काको सम्बन्ध पछिल्लो तीन सालदेखिको हो । खबरअनुसार अनुष्काको फिल्म सुल्तानको केही दिनअघि उनीहरुबीच ब्रेकअप पनि भएको थियो । केही समयपछि नै उनीहरुबीच प्याचअप भयो ।
अनुष्का र विराटले आजसम्म यस सम्बन्धलाई कुनै पनि नाम दिएका छैनन् । दुवैले केही समय पहिले नै एक फ्ल्याट किनेका छन् ।
विराटले अनुष्कालाई केही समय पहिले विवाहका लागि प्रस्ताव राखेका थिए । अनुष्का बिहेभन्दा पनि करिअरमा नै ध्यान दिन चाहन्छिन् । – एजेन्सी















प्रतिक्रिया