मुम्बई । बलिवुडका भर्सटाइल गायक सोनू निगमले प्रत्येक दिन बिहान मस्जिदमा हुने गरेको प्रार्थनालाई लिएर गरिएको एक ट्वीटले भारतभरि खैलाबैला मच्चाएको छ ।
सोशल मिडियामा सोनू निगमको कडा ट्वीटलाई लिएर बवाल मच्चिएको हो । सोनू निगमको ट्वीटले भारतमा ठूलो बहस उठाइदिएको छ ।
मस्जिदमा हरेक दिन बिहान ठूलो आवाजमा प्रार्थना हुन्छ । त्यसका लागि लाउड स्पीकर लगाइन्छ । मस्जिदका ठूला–ठूला लाउडस्पिकरको आवाजले आसपासका सर्वसाधारणलाई नकारात्मक असर पर्ने गर्छ । यसै विषयमा सोनू निगमले अपात्ति जनाएका हुन् ।
सोनू निगमले ट्वीट गर्दै भनेका छन्, ‘भगवानले सबैलाई राम्रो राखुन् । म मुसलमान होइन । तर, मस्जिदको प्रार्थनाको आवाजले हेरक दिन बिहान उठ्नु पर्छ ।’ उनले भनेका छन्, ‘हामीले कहिलेसम्म यस्तो रुढीवादी रीतिरिवाजलाई मान्नु पर्ने हो ?’
सोनू निगमको यो ट्वीटको मुसलमान समुदायका व्यक्तिहरूले विरोध गरेका छन् ।
सोनू निगमको यो ट्वीटले मन्दिर र गुरुद्वारामा हुने बिहानको आरती र कीर्तनमा पनि प्रश्न उठाइ दिएको छ । – एजेन्सी















प्रतिक्रिया