१ कार्तिक २०८३, आइतबार

स्नुकर च्याम्पियनसिपमा सूर्य र विकास विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । सूर्य सुनवार र विकास श्रेष्ठले पावर प्लाजा अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपमा सोमबार जित हात पारेका छन् । सूर्यले कुसाङ लामालाई ३–१ तथा विकासले दीपांकर तुलाधरलाई ३–० को फ्रेममा पराजित गरे ।

त्यस्तै कृतेश ज्ञवालीले सन्दिप मगरलाई ३–०, सन्तोष पुटुवारले अमित अधिकारीलाई ३–०, गंगाराम श्रेष्ठले केन्छु तामाङलाई ३–१, गोविन्द पन्तले निर्माण बोगटीलाई ३–१, खेम गुरुङले भाष्कर नेपाललाई ३–१, निमा नोर्बु शेर्पाले निरजबहादुर अधिकारीलाई ३–०, कुङगा लामाले सुवास श्रेष्ठलाई ३–० तथा अनिल लामाले सक्षम श्रेष्ठलाई ३–० ले हराए ।