काठमाडौं, ४ वैशाख । हुन त शान्ति प्रक्रियामा आएपछि माओवादीमा चौतर्फी विचलन देखापर्दै आइरहेकै हो ।
तैपनि, चेन अफ कमाण्डका आधारमा १० वर्षसम्म सशस्त्र संघर्ष गरेकाले माओवादी पार्टीका नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताभन्दा नियन्त्रित र अनुशासित मानिन्छ ।
धेरैले यस्तो अनुमान गरे पनि माओवादी केन्द्रको आन्तरिक अवस्था भने छुट्टै छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।
यो पार्टीमा अहिले तलदेखि माथथिसम्म अराजकता र अनुशासनहीनता यति धेरै चुलिएको छ कि कांग्रेससमेत पछि पर्ने अवस्था बनिसकेको छ ।
स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा गाउँदेखि सामाजिक सञ्जालसम्म लगाम बिनाका घोडाजस्तै बनेका माओवादी केन्द्रका कार्यकर्ताले पोखेको कुण्ठा स्वयं पार्टीकै लागि टाउको दुःखाईको विष्या बन्दै गएको छ ।
माओवादी केन्द्रको बैठकले चैत्रभित्रमा उमेदवार छनौट गर्ने निर्णय गर्दै निर्वाचन आफ्नो पक्षमा पार्न लाग्ने निर्णय गरेको थियो । तर, कांग्रेसमा भन्दा पनि चर्को पदलोलुपता पार्टीका नेता तथा कार्यकर्तामा देखिँदा उम्मेदवार छनौट सकसपूर्ण बन्दै गईरहेको पेरिसडाँडा स्रोतले जनाएको छ ।
कार्यकर्ताहरू पार्टीले उम्मेदवार सिफारिस नै नगरी उम्मेदवारी घोषणा गरिरहेका छन् । उता प्रधानमन्त्री निवास बालुवाटारको प्रचण्ड गुट भने निर्वाचन आफ्नो पक्षमा पार्न छाडेर पार्टीभित्रैका विरोधीहरूलाई कसरी ठेगान लगाउन सकिन्छ भनेर योजना बनाउनमा व्यस्त रहेको स्रोतले बताएको छ ।
बालुवाटार सकेसम्म नारायणकाजी श्रेष्ठ पक्षधरलाई टिकट नदिने आउट गर्ने र दिनै परे पनि कुनै पनि हालतमा जित्न नदिने योजनाका साथ अघि बढिरहेको छ ।
नारायणकाजीनिकट स्रोतका अनुसार, ललितपुर, सिरहा, महोत्तरी, सिन्धुली, चितवन, रामेछापसहित धेरै ठाउँका स्थापित नेतृत्व नारायणकाजीको पक्षमा छ । तर, संस्थापन पक्षलाई यो कुरा सहिनसक्नु भएको छ ।
त्यसैले सबैतिर बादलको पक्षकालाई अघि सारेर नारायणकाजी पक्षधरलाई बढार्ने नीतिमा प्रचण्ड समूह भित्रभित्रै लागेको रिपोर्ट नारायणकाजीसमक्ष पुगेको थाहा भएको छ ।















प्रतिक्रिया