काठमाडौं, ४ वैशाख । काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
विद्यालयभित्रै थापा मृत भेटिएपछि घटनाबारे छानविन गर्न गठित छानविन समितिले ‘आत्महत्या’ गरेको निष्कर्ष निकालेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
करिव दुई साताअघि १४ वर्षीय कुन्दनको स्कुलकै तेस्रो तलाबाट हाम फालेर मृत्यु भएको थियो ।
मृतकका आफन्तले कुन्दनले आत्महत्या गरेको नभईँ उनको हत्या भएको दाबी गरेपछि घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।
समितिले आइतबार महानगरीय प्रहरी प्रमुख डीआईजी बम बहादुर भण्डारीलाई छानविन प्रतिवेदन बुझाएको छ ।
प्रतिबेदनमा कुन्दनको हत्या नभईँ उनले आत्महत्या गरेको उल्लेख छ । ‘प्राविधिकरुपमा सम्पूर्ण अध्ययन गर्दा कुन्दनको हत्या भएको देखिदैन । उनले आत्महत्या नै गरेका हुन्’, संयोजक ज्ञवालीले भने ।
उनले छानविनका क्रममा ४५ जनासँग कुरा गरिएको बताए । प्रशासकीय कमजोरीका कारण विद्यलालयका वार्डेन प्रहरी निरीक्षक शर्मिला गुरुङलाई विभागीय कारबाहीको सिफारिस समितिले गरेको छ ।












प्रतिक्रिया