१ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भारत जान लाग्दा प्रधानमन्त्री दाहाललाई अचानक के भयो यस्तो ?

46.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ बैशाख । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बारम्बार बस्ने गर्छ । प्रधानमन्त्री निवासमा बैठक हुने कुरा कुनै नौलो होइन् । तर, आइतबारको बैठक बालुवाटारमा बस्नुका पछाडि भने भिन्नै कारण छ ।

कारण हो, प्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्यमा अचानक भएको गडबढी । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि भारतको भ्रमणमा जाँदैछिन् । तर, यति नै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल भने थला परेका छन् । प्रधानमन्त्री दाहाललाई ज्वरो आउनुका साथै झाडापखालाले समेत सताएको निजी सचिवालय स्रोतले जनायो ।

प्रधानमन्त्री अचानक बिरामी परेपछि आइतबार केहीबेर बस्ने गरी मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बोलाइएको हो । बैठकको एउटै एजेण्डा राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुन लागेको भारत भ्रमण थियो । केही मिनेटमात्रै बैठक बस्यो अनि निर्णय भयो राष्ट्रपति भारत जाने सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने अनि भारत भ्रमणका सबै कार्यक्रम पारित गर्ने ।

अचानक बिरामी परेपछि प्रधानमन्त्री दाहाल बालुवाटारमै आराम गरेर बसेका छन् ।