
नरेश के.सी. भैरहवा, ३ बैशाख । रुपन्देहीको सबैभन्दा पुरानो नगरपालिका सिद्धार्थ नगरपालिका औद्योगिक तथा व्यापारीक शहर पनि हो । यस शहरको राजनीतिक नेतृत्वले राष्ट्रिय रुपमा ठूलो प्रभाव पार्दछ । हालको सरकामा पनि यसै नगरका बासिन्दा राप्रपाका उपाध्यक्ष दीपक बोहरा आपूर्ति मन्त्रीको रुपमा छन् ।
बैशाख ३१ को निर्वाचनलाई लक्षित गरेर दलहरुले चुनावी कार्यक्रम र उम्मेदवार पनि सार्वजनिक गरिरहेका छन् । निर्वाचनलाई आफ्नो पक्षमा पार्न दलहरुले विभिन्न तयारी गरिरहेका छन् । भारतको उत्तरप्रदेशमा खाटी राजनीतिकर्मीले भन्दा फरक धारका योगी आदित्य नाथ बाबाको विजयको प्रभाव भैरहवामा पनि देखिने धेरैले अड्कल गरिरहेका छन् ।
भारत उत्तरप्रदेको मुख्य व्यापारिक नाका नौतनवा सुनौलीसंग जोडिएको भैरहवामा पनि खाटी राजनीीतक कार्यकर्ता भन्दा व्यापारी पृष्ठभूमिका व्यक्तिले मुख्य पार्टीको उमेदवारको रुपमा टिकट पाउने सम्भावना बढेको छ ।
निर्वाचनलाई लक्षित गरि नेकपा एमाले र कांग्रेसले भैरहवामा नै क्षेत्रीय स्तरका ठूला चुनावी आमसभा सम्पन्न गरिसकेका छन् ।
कांग्रेस, एमाले र माओवादीले ठूला ठूला आमसभा गरिरहदा मधेसी मोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने घरदैलो कार्यक्रमलाई ब्यापकता दिएको छ । मोर्चाको केन्द्रीय नेतृत्वले निर्वाचन बहिस्कार गर्ने र तल्लो तहका नेताले निर्वाचनमा सहभागी हुने भनिरहँदा आसन्न निर्वाचनमा सिद्धार्थनगरमा एमाले, कांग्रेस, राप्रपा र माओवादीबीच मुख्य प्रतिसपर्धा हुने देखिएको छ ।
सिद्धार्थनगरको मेयरमा एमालेबाट पुष्पान्जली उपाध्याय, हरिप्रसाद अधिकारी, डा. रामप्रसाद बस्याल, ज्ञानदेव हटुवाललगायतको नाम चर्चामा आएपनि हरिप्रसाद अधिकारी र डा. रामप्रसाद बस्याल मध्ये एक जनाले मेयरको टिकट पाउने सम्भावना छ । यसैगरि कांग्रेसबाट दिपक क्षेत्री न्यौपाने, ओमकुमार श्रेष्ठ, मातृका यादव, महेन्द्रकुमार श्रेष्ठ, सुरेन्द्र थापा, दिलिप धितालको नाम चर्चामा छ । सो पार्टीबाट पनि अन्ततःा दिपक क्षेत्री न्यौपाने र महेन्द्रकुमार श्रेष्ठ मध्ये एकजनाले मेयरको टिकट पाउने सम्भावना छ ।
त्यसैगरि माओवादी केन्द्रबाट मनिषकुमार जोशी, फैजअहमद खा, कमला थापाको नाम चर्चामा आएको भएपनि अन्ततः मनिषकुमार जोशी र फैजअहमद मध्ये एकजनाले मेयरको टिकट पाउने सम्भावना छ । यसैगरि सिद्धार्थनगरमा अर्को प्रतिस्पर्धी दल राप्रपाबाट सागर राणाको विकल्पमा कुनैपनि उमेदवार देखिएका छैनन् । राणा नै राप्रपाको मेयरको उमेदवार हुने निश्चित छ । त्यसैगरि मधेशी मोर्चा चुनावमा भाग लिएमा साझा उमेदवारको रुपमा अजय गुप्तालाई मेयरको उमेदवार बनाउने तयारी थालिएको छ ।
यसैरी औद्योगिक व्यापारिक शहर सिद्धार्थनगरको मेयरमा उद्यमी व्यवसायीहरुको उमेदवारीको चर्चाले बढी महत्व पाएको छ । एमालेका उमेदवारहरु मध्ये बलिया देखिएका डा. रामप्रसाद बस्याल, कांग्रेसका महेन्द्रकुमार श्रेष्ठ, माओवादीका फैजअहमद खां र मधेशी मोर्चाका अजय गुप्ताको मुख्य पेशा व्यवसाय र गौण पेशा राजनीति हो ।
राजनीतिक नेता कार्यकर्ता जीवनभर सबै छाडेर राजनीति गर्ने तर चुनावको मुखमा टिकट पाउने बेलामा उद्यमी व्यवसायीले पाउदा के असर गर्ला ? दलहरुले चुनावी परिणाम आफ्नो पक्षमा पार्न के तिनै नेतालाई टिकट देलान त ? त्यसैको सेरोफेरोमा रहेर व्यवसायीक पृष्ठभूमीका नेता भएपनि राजनीतिमा पनि सक्रिय ती नेताहरुले जित्ने आधारको विश्लेषण गरिएको छ :
काँग्रेसबाट : महेन्द्रकुमार श्रेष्ठ

भैरहवाका संघ–संस्थाको नेतृत्वको चर्चा चल्दा सबै भन्दा अग्रपंक्तिमा आउने नाम हो महेन्द्रकुमार श्रेष्ठ । गुल्मीमा जन्मेर रुपन्देहीको भैरहवालाई कार्यथलो बनाएका उनी रणनीतिक र कुटनीतिक क्षेत्रमा अब्बल व्यक्तित्वको रुपमा भैरहवामा स्थापित भइसकेका छन् ।
कांग्रेसको कुनै पनि पदीय जिम्मेवारीमा नभएपनि सबै किसिमका चुनाव, आमसभा तथा अधिवेसन सफल पार्नका लागि तथा कांग्रेसको स्थानीय मूल नेतृत्व होस् वा कांग्रेस निकटका विभिन्न जनवर्गीय संगठनको नेतृत्व चयनमा उनको भूमिका अहम देखिँदै आएको छ ।
विज्ञानको विद्यार्थी एकाएक व्यापारीक क्षेत्रमा लागेपछि सफल भएका उनले भैरहवा क्षेत्रमा समाजसेवा र व्यवसायलाई एकैसाथ अगाडी बढाएका छन् । पछिल्लो समय कांग्रेसको माथिल्लो बुद्धिजीवि सर्कल एवं तहबाट आसन्न निर्वाचनमा संघसंस्थामा सक्रिय, अन्य दलको पनि मत तान्न सक्ने कांग्रेसको नेता कार्यकर्तालाई मात्र उमेदवार बनाउन दबाबमूलक सुझाब दिएपछि सिद्धार्थनगरमा श्रेष्ठले टिकट पाउने सम्भावना बलियो हुदै गएको हो ।
विगत ३० वर्षदेखि भैरहवा क्षेत्रका विभिन्न संघसंस्थामा सक्रिय श्रेष्ठ कांग्रेसलाई आर्थिक समस्या पर्दा सधैं काँंध थाप्ने नेता पनि हुन् । उनी हरेक बखत सबै उद्यमी व्यसायी मार्फत कांग्रेसलाई सहयोग गर्दै आएको बताउँछन् ।
भैरहवा शहर उद्योगी व्यवसायीको सहर भएकोले उनीहरुलाई परेको समयमा जहिले पनि सहयोग गरेको हुँदा स्थानीय निर्वाचनमा उद्यमी व्यवसायीको मत निर्णायक हुने उनको विश्वास छ ।
स्थानीय निकायमा विकासको मुद्दालाई प्रमुख एजेन्डा बनाएर जाने श्रेष्ठले कांग्रेसले मेयर छाडेर कुनैपनि दलसंग सहकार्य नगर्ने पनि बताए । उनले भने ‘सिद्धार्थनगर नेपाली कांग्रेसको सबैभन्दा बलियो आधार क्षेत्र हो । कांग्रेसको प्रतिबद्ध मत एकातिर छँदैछ अर्कोतिर हामी जस्ता संघसंस्थाका नेतृत्वकर्ताको भूमिकाले पनि कांग्रेस एक नम्बरमा छ । कसैसंग सहकार्य भएमा मेयर छाडेर गर्नुहुदैंन । हामी मेयर लिएर अन्य दललाई साथमा लिएर जान पनि सक्छौं ।’
श्रेष्ठले आफूले टिकट पाएमा जित्ने आधारहरु पनि पेश गरे । उनको आधारहरुमाः ‘पहिलोः यहाँंका सबैजसो संघसंस्थामा कांग्रेसको दबदबा छ । म लगभग सबै संघसंस्थामा आवद्ध छु । सबैको सहयोग र सहकार्य भएमा मेरो जित सुनिश्चित छ । दोस्रोः मधेसी समुदायसंग राम्रो सम्बन्ध र सहकार्य छ । तेस्रो ः यहांका उद्यमी व्यसायीको दुई दशकदेखि नेतृत्वमा बसेर सेवा गरेको छु । चौथो ः म कांग्रेस भित्र पनि कुनै पक्षको नभई पार्टीको कार्यकर्ताको रुपमा परिचित छु । म उमेदवार भएमा पार्टीभित्र विद्रोह नआई एकताबद्ध भई सबै नेता कार्यकर्ता लाग्छन् । पाचौं ः सिद्धार्थनगरको बारेमा अधिक बुझेको छु । यो नगरलाई विश्व शान्ति र समृद्धिको आधार स्तम्भ बनाउने मेरो योजना छ ।’
जेसीआई सिद्धार्थ मार्फत संघसंस्थामा प्रवेश गरेका श्रेष्ठ जेसीआई सिद्धार्थको अध्यक्ष, नेपाल जेसीजको उपाध्यक्षको सफलता पुर्वक जिम्मेवारी पुरा गरेका छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघको दुई कार्यकाल अध्यक्ष हँुदैं महासंघको केन्द्रीय सदस्य, रेडक्रसमा आठ वर्ष मन्त्री भएका उनी सिद्धार्थ यातायातको स्थापना र सञ्चालन, लुम्बिनी ट्रकको स्थापना, भैरहवामा विशेष आर्थिक क्षेत्र सञ्चालन, यातयात कार्यालय भैरहवाको इकाई स्थापनामा ठूलो भूमिका रहको दाबी गर्छन् ।
०४८ सालदेखि नेपाली कांग्रेसको सक्रिय सदस्यको रुपमा पार्टीमा समेत क्रियाशिल श्रेष्ठले मधेस आन्दोलनको बेला भैरहवाका उद्योग धन्दामा परेको असरलाई न्यूनिकरण गर्न उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुरहरुलाई बसालेर सहज बातवरण बनाउन समेत भूमिका खेलेका थिए ।
सिद्धार्थनगर पछाडि पर्नुको कारण असल र दूरदृष्टी भएको नेता नहुनुले भएको तर्क गर्ने श्रेष्ठले नेपालको दोस्रो ठूलो नाका बेलहिया, विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई सहि उपयोग गर्ने योजना आफूसंग भएको बताउँछन् ।
ब्याडमिन्टन खेलको राष्ट्रिय खेलाडी समेत रहेका श्रेष्ठ हाल भैरहवा ब्याडमिन्टन क्लबको उपाध्यक्ष हुन् भने उनी केही दशक अगाडि भारतीय मेयर सिमेन्टको नेपाल हेर्ने एक मात्र डिलर व्यवायीको रुपमा व्यवसायमा हात समेत हालेका हुन् । यद्यपी त्यो भन्दा अगाडि उनी काग्रो व्यवसाय गर्दथे । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा बेलहिया बुटवल सडक खण्डको वस्तु स्थितिको बारेमा छलफल गराई सो परियोजनालाई अगाडि बढाउन मुख्य भूमिका खेल्लेका थिए । श्रेष्ठले आफूले टिकट पाए चुनाब जितेरै छाड्ने पनि बताए ।
कांग्रेस नेता गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, अर्जुननरसिंह केसी, रामकृष्ण ताम्राकार, बालकृष्ण खाँण र अब्दूल रज्जाकसंग निकट सम्बन्ध भएका श्रेष्ठलाई उद्योग वाणिज्य महासंघको केन्द्रीय नेतृत्वले समेत टिकटको लागि पहल गरिदिने देखिएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्व गर्दा लुम्बिनी औद्योगिक करिडोरमा विद्यूतको नियमितता, लुम्बिनी गुरु योजनालाई अगाडि बढाउन पहल, सेजको सञ्चालन, विपन्न वर्गका महिलाहरुलाई व्यवसायीक बनाउन विभिन्न सीपमूलक कार्यक्रम, उद्योग वाणिज्य महासंघको ‘एक गाउँ एक उत्पादन नीति’ अन्र्तगत माछा र केराको उत्पादन जस्ता महत्वपूर्ण कार्यक्रम उनले सफल बनाएका थिए ।
श्रेष्ठलाई आफ्नै ससुरा कमलदीप श्रेष्ठको सहयोग पनि महत्वपूर्ण देखिएको छ । कमलदीप नेपाली कांग्रेसको रुपन्देहीका पूर्व कोषाध्यक्ष हुन् भने हाल केन्द्रीय नेतासंग सीधा सम्पर्क राख्न र प्रभाव राख्न सक्ने नेता पनि हुन् । उनी सिद्धार्थ इन्सुरेन्स, विभिन्न शैक्षिक संस्थामा सञ्चालकका साथै सिद्धार्थ एपएम र जेसीज हाई स्कुलको सञ्चालक तथा सल्लाहकार समेत हुन् ।
नेकपा एमालेबाटः डा. रामप्रसाद बस्याल

बहुदल, लोकतन्त्र र गणतन्त्र प्राप्तीको लागि दलहरु संघर्ष गरिरहँदाको क्षण र विभिन्न तहका निर्वाचनमा जनप्रतिनिधीको चयन सम्बन्धमा दशकौं देखि चिकित्सा पेशा मार्फत सामाजिक सेवा गरिरहेका डा. रामप्रसाद बस्याल भैरहवाको हरेक घटना परिघटनासंग जोडिने नाम हो ।
वि.स. २०४४ सालदेखि भैरहवामा बसोबास गर्दै आएका डा. बस्याल पेशाले चिकित्सक भएपनि राजनीतिक मोर्चामा अग्रभागमा देखिँदै आएका छन् । २०३१ सालदेखि कम्युनिष्ट पार्टीमा सक्रिय रहँदै आएका डा. बस्याल भैरहवा क्षेत्रका प्रतिष्ठित उद्यमी तथा समाजसेवीको रुपमा समेत परिचित छन् । निर्वाचन नजिकिँदै जादां विभिन्न निकायले निर्वाचनको मतको सर्वेक्षण गरिरहेको बेला डा. बस्यालले भने इतिहासमै सिद्धार्थनगरमा एमाले यसपटक सबैभन्दा बलियो देखिएको तर्क गरिरहेका छन् ।
मत सर्वेक्षणका विभिन्न पद्धति अन्र्तगत सामाजिक अवयवको विश्लेषणको आधारमा उनले त्यस्तो सर्वेक्षण गरेको बताए । २० वर्ष अगाडि नगरमा जति मतादाता थिए त्यसको अहिले दोब्बर भएका छन् । आन्तरिक र बाह्य बसाइसराइले यस्तो भएको हो । दुई दशक यता बसाईसराई गरेर आएका मतादाताहरुले राष्ट्रियताका खातिर लडिरहेको दललाई साथ दिने उनको विश्वास छ ।
जुन कुरा एमालेले केही हप्ता अगाडि भैरहवामा गरेको विशाल आमसभामा स्थानीय जनताको सहभागीताको संख्याले पुष्टि गरेको उनको तर्क छ । डा. बस्यालले भने ‘२० वर्षपछि हुन थालेको निर्वाचनको संघारमा आइपुग्दा सिद्धार्थनगरमा इतिहाँसमै एमाले सबैभन्दा बलियो छ । यतिबेला एमालेले कसैसँंग साँंठगाठ गरे मेयर उठाउने नभई एकल उमेदवार उठाउनुपर्छ ।’
डा. बस्यालले अहिलको परिस्थितिमा पनि एमालेले मेयर छाडेर अरुसंग एलायन्स गर्यो भने सिद्धार्थनगरमा सय वर्षसम्म एमाले उभो नलाग्ने दाबी समेत गरे । उनले भने ‘हामीले ०५४ सालको निर्वाचनमा मेयर छाड्नु हुँदैन भनेर पार्टी कार्यलयमा तालाबन्दी समेत गर्यौं तर तत्कालिन नेतृत्वले सुनेन जसको कारण हाम्रो पाटीको आधिकारीक उमेदवार उपमेयर र राप्रपाको मेयर रहनेगरी पाटी चुनावमा गयो ।
चुनावमा संयुक्त प्यानलले जित्यो तर पनि एमाले कमजोर हुन पुग्यो, किनकी पार्टीका नेता कार्यकर्तामा नैराश्यता छाएको थियो । स्वाभिमानी गिरेको थियो । जसको विरुद्ध जिन्दगीभरी लडियो त्यहि दललाई शिरमा चढाएर हिड्नुपर्दा हामीलाई सैह्य भएन त्यसकारण मैले तत्कालिन समयमा पनि स्वतन्त्र उमेदवारी दिएको थिए ।’
तत्कालिन समयमा आफूले इमान्दार कार्यकर्ताको स्वाभिमानलाई उचो राख्न स्वतन्त्र उमेदवारी दिएको तीथो यथार्त सुनाउने डा. बस्यालले सिद्धार्थनगरमा एमालेले राम्रो र योग्य उमेदवार जो सुकैलाइ उठाएपनि चुनाब जित्ने सुनिश्चिता बढेको बताए ।
डा. बस्यालले यस पटकको निर्वाचनमा नेतृत्वले पुनः ०५४ सालको गल्ती दोहोराएमा त्यसको परिणाम झन खतरनाक हुने चेतवानी समेत दिएका छन् । उनी भन्छन् “म मेयर उठ्नै पर्ने छैन । मेयरको उमेदवार पार्टीले जसलाई बनाउछ त्यहि स्वीकार्य हुन्छ । तर पार्टी नेतृत्वले नबुझिकन, जनताको भावनासंग खेलबाड गरेर मेयर छाडेर अरु पदमा सम्झौता गर्यो भने त्यसको खुलेर विरोध गरिनेछ ।’
एमालले मेयर छाडेर उपमेयर लिएर कुनै दलसंग सम्झौता र सहकार्यगरी चुनावी संग्राममा होमियो भने पनि एमालेको ठूलो पंक्तिले पार्टीको निर्णयको उल्घंन गर्ने उनको तर्कछ । ०५४ सालमा पाटीण्लाई सचेत गराउदा पनि जवरजस्ती राप्रपासंग एलायन्स गर्दा डा. बस्याललाई स्वतन्त्र उमेदवारमा सघाउने प्रा.डा कपिल लामिछानेको प्राज्ञिक समूहको भैरहवामा त्यतिबेला भन्दा झनै पकड बढेर गएको छ ।
त्यसैगरी पछिल्लो संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ का सभासदका उमेदवार भरतकुमार पोखरेल पनि कुनैपनि हालतमा सिद्धार्थनगरमा एमालले मेयर छाड्न नहुने पक्षमा छन् । अर्कोतर्फ डा. बस्यालसंगै मेयरमा चर्चा चलेको एमालेका नेता पूर्व उपमेयर हरिप्रसाद अधिकारी पनि मेयर पद छाडेर पार्टीले कुनै दलसंग सहकार्य गरे त्यसलाई नस्वीकार्ने संकेत गरिसकेका छन् । यसरी डा. बस्याल, पोखरेल, लामिछाने र अधिकारी जस्ता एमालेका खम्बाहरुले पार्टीले कुनैपनि हालतमा सिद्धार्थनगरमा मेयर छाड्न नहुने दबाब सृजना गरिरहेका छन् ।
यदि पार्टीको माथिल्लो नेतृत्वले मेयर छाडेर चुनावी सहकार्य गरेमा उनीहरुले असहयोग गर्ने र पुनः बस्यालले स्वतन्त्र रुपमा मेयरको उमेदवारी दिन सक्ने देखिएको छ । त्यो कार्यमा युवा र विद्यार्थीको ठूलो पंक्ति सहभागी हुने देखिएको छ । यसर्थ पार्टीले नेतृत्वलाई बारम्बार सचेत समेत गराउँदै आएको बुझिएको छ ।
२०५४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा सिद्धार्थनगरको मेयरमा उठेका डा. बस्यालले २३ सय भन्दा बढी मत प्राप्त गरेका थिए । तत्कालिन समयमा राप्रपासंग एमालेको साठगांठ भएपछि उनीसहितको समूहले एमालेको पार्टी कार्यलयमा तालाबन्दी गर्दै विरोध समेत गरेको थियो । त्यतिबेला पार्टीको तत्कालिन निर्णय गलत भएको र कार्यकर्ताको भावना विपरित भएको निश्कर्ष निकाल्दै विरोधमा उत्रिएका अभियन्ताहरु अहिले पाटीणर््ले त्यस्तो गल्ती नदोहोराउनेमा विश्वस्त पनि देखिएका छन् ।
२०३१ सालदेखि सक्रिय राजनीति गर्दै आएका डा.बयाल ०३५ सालतिर भूमिगत कालमा एमाले नेताहरु अष्टलक्ष्मी शाक्य, टंक कार्कीसंगै भएर विभिन्न राजनीतिक गतिविधिमा सक्रिय भएका थिए । प्रवासमा हुँदा रामचन्द्र भट्टराई (तत्कालिन दैनिक निर्णयका सम्पादक) संगै राजनीति गरेका उनले स्व. नारायण घिमिरे (बुद्ध एअर भैरहवााका म्यानेजर दर्शन घिमिरेका बुबा) को सहयोगमा मोदनाथ प्रश्रित जेलमा हुँदाको राजनीतिक गतिविधि स्मरणयोग्य रहेको जनाउँछन् ।
एमाले नेता प्रदीप नेपालले भैरहवाको बाबुराम अर्यालको प्रेसमा बसेर तत्कालिन समयमा भूमिगत शैलीमा गरको पत्रिकाको कम्मोजिङ्गमा पुर्याएको सहयोग होस् वा पञ्चायत कालमा भरतमोहन अधिकारी, माधव नेपालहरुलाई आफ्नै घरमा सेल्टर दिनुको क्षण पनि सम्झिनयोग्य रहेको उनी बताउछन् ।
ज्ञानेन्द्र सरकारले कू गर्दा सिनपा वडा नम्बर ११ मा जनतालाई सचेत गराउँदै हिड्ने क्रममा भरत पोखरेलसंगै पक्राउ परि जेल गएका बस्यालले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि ठूलो योगदान दिएका छन् । संकटकालको बेला गोरखपुरमा रहेका प्रचण्ड (हालका प्रधानमन्त्री), बाबुराम भट्टराईसंग वार्ता गर्न एमाले नेताहरु माधब नेपाल, विष्णु पौडेललाई भैरहवादेखि आफ्नै सवारी साधनमा गोरखपुर पुर्याएर पुनः भैरहवा फिर्ता गरेका थिए । अत्यन्तै गोप्य रुपमा गरिएको उक्त विषयको बारेमा विमर्श साप्ताहिकले समाचार छापेपछि प्रशासनले बस्याललाई धेरै पटक यातना समेत दियो ।
रुपन्देही क्याम्पसको संस्थापक अध्यक्ष, सनसाइन उच्च माविको अध्यक्ष, बहिरा बाल विद्यालयको अध्यक्ष, जिल्ला बालकल्याण समितिको उपाध्यक्ष, लुम्बिनी नेत्र ज्योति संघको अध्यक्ष जस्तो भूमिकामा रहेर सामाजिक नेतृत्व सफलतापूर्वक निर्वाह गरेका बस्यालले एमाले सिद्धार्थनगरको उपसचिवको जिम्मेवारी पनि पुरा गरिसकेका छन् । उनी औषधी उद्योग, क्लिनीक, विभिन्न शैक्षिक संस्थाका सञ्चालक मात्रै नभएर रुपन्देही एफएमका अध्यक्ष समेत हुन् ।
हरिप्रसाद अधिकारी नगर सचिव हुँदा उनी उपसचिव रहेका थिए ।
लुम्बिनी नेत्र ज्योति संघमा अध्यक्ष हुँदा वर्षौदेखि करारमा रहेका ८० जना मजदुरलाई एकैपटक स्थायी नियुक्ति दिएर मजदुरहरुका प्रिय पात्र बनेका बस्यालले आंँखा अस्पतालको आर्थिक स्रोतलाई पनि मजबुत पारेका थिए । उनी अस्पतालमा प्रवेश गर्दा करिब २ करोड रहेको बैंक ब्यालेन्स बढाएर तीन वर्षमा करिब १८ करोड पुर्याएका थिए ।
उनले आसन्न निर्वाचनमा एमालेले मेयरको टिकट दिए चुनाब जितेरै छाड्ने आधार समेत प्रस्तुत गरे ।
उनले आफ्ना जितका पाँच आधारहरु प्रस्तुत गरे । ‘पहिलोः सिद्धार्थनगरमा मैले दशकौंदेखि हजारौं मानिसहरुको स्वास्थय उपचार गरिरहको छु । विशेषतः मध्ययम र निम्न वर्गीय मानिसहरुको उपचार गर्नेक्रममा कयौंको निःशुल्क पनि गरेको छु । तिनिहरुले मलाई अत्यन्तै विश्वास र माया गर्छन । दोस्रोः मैले सामाजिक काम र सहयोग गर्ने क्रममा सबै व्यक्तिलाई सहयोग गरेको छु । पार्टीका सबै तहका कार्यकतांसंग प्रगाढ सम्बन्ध छ । तेस्रो : अन्य पार्टीका नेता कार्यकर्तासंग सुमुधुर सम्बन्ध रहेको छ । चौथोः पारिवारिक हिसाबले करिब ४ सय मतादाता रहेको जयसवाल परिवारसंग भएको पारिबारीक सम्बन्धले सहयोग पुराउछ । पाचौं : करिब ४ दशकदेखि पार्टीमा सक्रियता, निरन्तरता र मेहनतले जित्ने विश्वास बढाएको छ ।
माओबादी केन्द्रबाट : फैजअहमद खाँ

भैरहवामा सफल व्यसायीको रुपमा परिचिति फैजअहमद खाँं माओवादीले भूमिगत राजनीति गर्दा देखिनै पार्टीमा सक्रिय व्यक्ति हुन् ।
२०५८ सालमा पार्टीको सदस्यता लिएका उनले स्वर्गीय रमेश यादव (सांसद सोनिया यादवका श्रीमान), देवेन्द्र पाण्डे र विनोद उपाध्ययसंग मिलेर पार्टीको आन्दोलनलाई भूमिगत तथा खुल्ला राजनीतिमा सफल पार्न ठूलो भूमिका आफ्नो पनि रहेको बताउँछन् । भैरहवामा पार्टी विस्तारमा मूख्य भूमिका खेलेका खाँं आफ्नै पसललाई पार्टीको सम्पर्क कार्यालयको रुपमा अगाडि बढाउदाको क्षण अवस्मणीय भएको बताउँछन् ।
द्वन्द्वकालमा पार्टीलाइ ठूलो सहयोग गरेका उनी हाल मुश्लिम मुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाको अध्यक्षको रुपमा जिम्मेवारी पूरा गरिरहेका छन् । भैरहवामै जन्मेर यहि पढेको कारण भैरहवा क्षेत्रमा ठूलो नेटवर्क भएको बताउने खाँलें भानु माविको अध्यक्ष भएर महत्वपूर्ण काम समेत गरेका छन् ।
सो विद्यालयको भवन तथा गेट निर्माणमा ठूलो भूमिका खेलेका उनी अटोमोबाइल्स, इलोक्ट्रोनिक्स र होटल क्षेत्रमा लगानी गरेका छन् । गौतमबुद्ध सन्देशका लगानीकर्ता समेत रहेका खांँ इलोक्ट्रोनिक्स व्यवसायको आयत गर्ने भैरहवाको पहिलो व्यवसायी हुन् ।
सिद्धार्थनगरमा पार्टी संगठनको विस्तारमा महत्वपूर्ण भूमिकादेखि लिएर पार्टीको हरेक कार्यक्रमलाई पुर्याएको सहयोगको कारण आफूले मेयरको टिकट पाउने उनको दाबी छ । उनी भन्छन् “यस नगरमा भूमिगतकालमा पार्टी विस्तारमा मैले पुर्याएको योगदान सबै नेतालाई राम्रोसंग थाहा छ ।
अर्कोतिर म स्थानीय पनि भएकाले मैले अन्य दलमा आस्था राख्नेहरुको पनि मत तान्ने र मधेसी मुश्लिम समुदायको पूर्ण सहयोग हुने विश्वास छ ।’ कुल मतदाता मध्ये करिब १० हजार मुश्लिम मतदाता रहेको सिद्धार्थनगरको स्थानीय निर्वाचनमा ५० प्रतिशत मत मुश्लिमको मात्रै आएपनि आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ ।
अहिले समाबेशी र स्थानीय निर्वाचनको मुद्दा माओवादी केन्द्रको भएको हुँदा कुनैपनि दलसंग तालमेल गर्नु जरुरी नभएको उनको तर्क छ । सिद्धार्थनगरको विकास पहिलेका नेताहरुबाट हुन नसक्ने हुँुदा नगरलाई उपमहानगर बनाउन, लुम्बिनीसंग जोडेर विकास गर्न आफुसंग प्रयाप्त भिजन भएको उनी दाबी गर्छन । नगरमा विद्यमान पार्किंग समस्या, सार्वजनिक शौचालयको समस्या समाधान गर्नेदेखि विभिन्न योजना मार्फत नगरलाई मुलुककै नमूना बनाउन आफ्नो प्रयास रहने उनको भनाई छ ।
पार्टीमा अहिले प्रचण्डपथ मात्रै रहेको हँुदा जो सुकै उमेदवार भएपनि पार्टीको सिंगो पंक्ति एक भएर आधिकारीक उमेदवारलाई चुनाव जिताउन लाग्ने पनि उनले बताए । पार्टीका केन्द्रदेखि स्थानीय नेता कार्यकर्तासंग राम्रो सम्बन्ध भएका फैजलाई टिकट दिलाउन विशेषतः पार्टीका जिल्ला इन्चार्ज हकिकुल्लाह खांको सहयोग हुने देखिएको छ ।
हकिकुल्लाहको अतिरिक्त टंकमणी बन्जाडे, एमएस शर्मा, मातृका यादव, विनोद उपाध्ययसंग निकट मानिने खांले पार्टी भित्र धेरै आकांक्षी भएता पनि आफूले टिकट पाएमा चुनाव माओवादी केन्द्रको पक्षमा पारेरै छाड्ने विश्वास व्यक्त गरे ।
फैजले सिद्धार्थनगरमा माओवादी केन्द्रले चुनाव जित्नेमा धेरै आधार प्रस्तुत गरेका छन् । ‘पहिलो : अहिले मुलुक नै माओवादी केन्द्रमय भएकोले जनताले स्थानीय तहमा माओवादीको परिक्षण गर्ने हेतुले मतदान गर्नेछन् । दोस्रो : आफू यहि जन्मेर अगाडि बढेकोले धेरैजनासंग घुलमिल भएको हँुदा धेरैको मत आउनेछ । तेस्रो : सिद्धार्थनगरमा मधेसी र मुश्लिम समुदायको मत निर्णायक भएकोले सो समुदायकै व्यक्ति आफू भएको हँुदा उनीहरुको सहयोग उल्लेखनीय रहनेछ । चौथो : पार्टी भित्रको अथक र निरन्तर योगदान एवं सहयोगको कारण टिकट पनि पाउने र निर्वाचन पनि जित्ने छु ।’















प्रतिक्रिया