देउखुरी, २ वैशाख । दाङको देउखुरी उपत्यकास्थित लमही नगरपालिकाको मेयरमा एमालेबाट थानेश्वर गैरेले उम्मेदवारी घोषणा गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली निकट मानिने गैरेको उम्मेदवारी घोषणासँग लमही नगरपालिकामा तरंग पैदा भएको एमाले कार्यकर्ताहरूको भनाइ छ ।
एमालेमा २०४४ सालदेखि कृयाशील रहँदै आएका गैरे स्थानीयस्तरमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । मेयर पदमा उम्मेदवारी घोषणा गरेपछि दैनिक नेपाल डट कमसंग कुरा गैरेले भने, ‘वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी घोषणा गरेको छु । मैले चुनावी प्रचार प्रसार तीव्र गतिमा बढाउँछु ।’
‘धेरै साथीहरूको सल्लाह र सुझावमा मैले एमालेबाट मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेको हुँ’, उनले भने, ‘लमही नगरपालिकालाई आधुनिक नगर बनाउन मेरो योजना छ ।’
दाङ जिल्लामा रहेको गुटगत राजनीतिको चेपुवामा परेका गैरेले आफ्नो लोकप्रियताबाट पार्टीभित्र कै केही स्थानीय नेताहरूको टाउको दुखेको दाबी गरे ।
गैरेको लोप्रियताबाट डराएको दाङ एमालेको नेतृत्वले हालै सम्पन्न जिल्ला अधिवेसनमा उनीसहित ३३ जनाको सदस्यता नवीकरण गरेको छैन । तैपनि गैरेलाई केन्द्रीय नेताहरूको समर्थन रहेको स्रोतको भनाइ छ ।
हुन त लमही नगरपालिकाको मेयर पदका लागि एमालेका आठ जना नेताहरूले ताकेका छन् । सरस्वती गौतम, गणेश चौधरी, कुलबहादुर केसी, नारायण डिसी छम्पाली, रतनकुमार केसी, धुपनारायण चौधरी, वीरबहादुर केसी मेयरको आकंक्षी हुन् ।















प्रतिक्रिया