१४ कार्तिक २०८३, शनिबार

नेपाल–चीनबीच पहिलो पटक सैन्य अध्यास, भारतको टाउको दुख्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १ वैशाख । अमेरिकालगायत पश्चिमी राष्ट्रहरू र भारतको समेत परोक्ष असहमतिबीच आतंकवादको सम्भावित सुरक्षा चुनौती मद्देनजर गर्दै नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास वैशाख ३ मा काठमाडौंमा सुरु हुने भएको छ ।

छिमेकी राष्ट्र भारत र अमेरिकाले चीनसँगको संयुक्त सैन्य अभ्यासबारे विभिन्न आशंका गरिरहेका बेला नेपाली सेनाले बिहीबार विज्ञप्ति जारी गरी चिनियाँ जनमुक्ति सेनासँगको संयुक्त सैन्य अभ्यास ‘नेपालको परराष्ट्र र सुरक्षा नीति’मा आधारित रहेको स्पष्ट पारेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

चीनको जनमुक्ति सेनासँग पहिलोपटक हुन लागेको सैन्य अभ्यास वैशाख १२ सम्म हुनेछ । नेपाल र चीनबीचको विशेष फौज संयुक्त सैन्य अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको छ ।

जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त अभ्यासले आतंकवादविरुद्ध लड्ने क्षमता अभिवृद्धि गर्नुका साथै सैनिक ज्ञान र पेशागत क्षमता आदानप्रदान गर्दै सैनिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्नेछ ।’

सेनाले सैन्य अभ्यास कुन तालिम केन्द्र वा वाहिनीमा हुनेबारे विवरण दिएको छैन । सेनाले अभ्यासमा सहभागी हुने दुवै राष्ट्रका सैनिकको संख्याबारे पनि उल्लेख गरेको छैन ।

जंगी अड्डाले अभ्यासमा सहभागी हुने सैनिकको संख्या नखुलाए पनि चिनियाँ जनमुक्ति सेनाबाट २० जनाभन्दा थोरै सहभागी हुने स्रोतले बताएको छ ।

नेपाल र चीनका सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यासलाई छिमेकी भारतले नजिकबाट नियाली रहेको छ ।