१४ कार्तिक २०८३, शनिबार

ओलीले दिए मोर्चालाई यस्तो सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानप्रति असन्तुष्टि जनाएर आन्दोलन गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग आबद्ध दलहरुलाई स्थानीय तहको निर्वाचनमा सहभागी भएर आफना गुनासा सम्बोधन गर्न आह्वान गर्नु भएको छ ।

मधेशी मोर्चा र ती दलसँग आबद्ध दलहरुको नामोच्चारण नगरीकन अध्यक्ष ओलीले लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट समस्या समाधानमा सकारात्मक योगदान गर्न आह्वान गर्नु भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘लोकतन्त्रले हामी सबैलाई आफ्ना गुनासा, असन्तुष्टि र मागहरुलाई वैधानिक परिधिभित्रैबाट समाधान गर्ने अवसर प्रदान गर्दछ । आवधिक निर्वाचनका माध्यमबाट आफ्ना मान्यताहरुको परीक्षण र जनअनुमोदन गराउने तथा त्यसका आधारमा संवैधानिक पद्धतिलाई थप परिष्कृत र विकसित गर्दै लैजाने आधार उपलब्ध गराउनु लोकतन्त्रको सबैभन्दा सबल पक्ष हो’ अध्यक्ष ओलीले नयाँ बर्षको शुभकामना बक्तव्यमा भन्नुभएको छ ‘म नयाँ बर्षको सुखद उपलक्ष्यमा वर्तमान संवैधानिक प्रक्रियाप्रति केही गुनासाहरु अभिव्यक्त गरिरहनु भएका साथीहरुलाई पनि लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट ती समस्या समाधानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछु ।’